- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
भूकम्प राहतः रु एक अर्ब ८६ करोडभन्दा बढी निकासा
काठमाडौँ, २५ वैशाख ।
केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट जिल्लाका दैवीप्रकोप उद्धार समितिलाई हालसम्म रु एक अरब ८६ करोड नौ लाख निकासा गरिसकिएको छ ।
यही वैशाख १२ गतेको भूकम्पबाट भएको जनधनको क्षति, खोज, उद्धार, राहत र परिचालनका सम्बन्धमा भइरहेका कार्यबारे व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले विस्तृत जानकारी गराउँदै प रु पाँच अरब निकासाको निमित्त प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अनुरोध गरिएको बताउनुभयो ।
गृहमन्त्री गौतमले भूकम्प आएको दुई घन्टाभित्रै केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठक बसी पीडितको खोज, उद्धार तथा राहतको सम्बन्धमा सबै आवश्यक प्रारम्भिक निर्णय गरिएको र सम्बद्ध मन्त्रालयबीच समन्वयका आधारका केन्द्रीय कमान्ड खडा गरिएको जनाउँदै काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा र मकवानपुर जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी विपद् व्यवस्थापन तथा आपूर्ति व्यवस्था सहज गर्न दैवीप्रकोप ९उद्धार० ऐन, २०३९ तथा आवश्यक पदार्थ नियन्त्रण ९अधिकार० ऐन, २०१७ ले दिएको अधिकार प्रयोग गर्न सक्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्काल खोज तथा उद्धारका लागि गृह मन्त्रालयको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको र हालसम्म हेलिकप्टरबाट करिब १३०० जनाको उद्धार गरिएको र भूकम्प गएको सात आठ दिनसम्म पनि कतिपय व्यक्तिलाई जीवितै र सकुशल उद्धार गरिएको छ ।
उद्धारकर्मी अल्जेरिया, अस्ट्रेलिया, बेल्जियम, बङ्गलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङ्गेरी, भारत, इन्डोनेसिया, इजरायल, जापान, जोर्डन, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, नर्वे, ओमन, फिलिपिन्स, पोल्यान्ड, पाकिस्तान, रुस, दक्षिण कोरिया, श्रीलङ्का, सिङ्गापुर, स्पेन, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, अजरबैजान, युक्रेन, बोलिभिया र डेनमार्कबाट आएको जनाइएको छ ।
उपप्रधानमन्त्री गौतमले जिल्लामा दैवीप्रकोप उद्धार समितिको नेतृत्वमा खोज, उद्धार र राहत वितरण गर्ने र सोको अनुगमन प्रजिअको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधि सम्मिलित अनुगमन समितिद्वारा गर्ने व्यवस्था मिलाइएको र अन्तर्राष्ट्रिय रूपमा प्राप्त राहत सामग्री अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा राखी सिधै जिल्ला सदरमुकाममा पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।
प्रतिमृतक रु ४० हजार, मृतकको प्रत्येक परिवारलाई रु एक लाख
यस्तै पीडितलाई तत्काल राहत पु¥याउन प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०६४ बमोजिम मृतकका परिवारलाई प्रतिमृतक रु ४० हजार, मृतकको प्रत्येक परिवारलाई रु एक लाख, आपैmँ घर मर्मत गर्नेलाई रु २५ हजार, घर पूर्ण क्षति भएका परिवारलाई रू पाँच हजार, घर आंशिक क्षति भएका परिवारलाई रु तीन हजार दिने र तत्काल खाद्यान्न दिन नसकिने स्थानमा खाद्यान्नका लागि तत्काल राहतस्वरुप प्रतिपरिवार थप रु दुई हजार उपलब्ध गराउन प्रजिलाई निर्देशन दिइएको छ ।
भूकम्प जानासाथ तत्कालै स्वदेश तथा विदेशबाट सहयोगका आश्वासन प्राप्त भए पनि तत्काल अन्य राहत सामग्री पर्याप्त मात्रामा पीडितसम्म पु¥याउन नसकिएको स्विकार्दै उपप्रधानमन्त्री गौतमले दैवीप्रकोप उद्धारका लागि तालिमप्राप्त अत्यन्त दक्ष जनशक्ति आधुनिक र वैज्ञानिक साधनसहित विकसित र तालिमप्राप्त कुकुरसमेतको आश्यकता भएको औँल्याउनुभयो । उहाँले भवन निर्माणसम्बन्धी मापदण्ड र भवनसंहिता कार्यान्वयनमा हुँदा हुँदै त्यसको पूर्ण पालना गराउन नसकिएको र काठमाडौँ उपत्यकाभित्र अत्यन्त ससाना गल्लीमा भएका पुराना घर पूर्णतः क्षतिग्रस्त भएको बताउनुभयो ।
खाली सरकारी संयन्त्रबाट मात्र राहत बाँड्न खोज्नु मनासिब नहुने व्यक्तिगत र संस्थागत रुपमा पनि सिधै जनतालाई राहत बाँड्न दिने कुरालाई सहज गर्न नहुने बताउँदै उहाँले यसलाई व्यवस्थित र एकीकृत रुपमा सञ्चालन गरिएन भने सहज र सुगम ठाउँमा बढी राहत पुग्ने तर वास्तविक रुपमा पुग्नुपर्ने ठाउँमा नपुग्नेलगायत धेरै समस्या सिर्जना हुन सक्ने बताउनुभयो ।
गृहमन्त्री गौतमले भन्नुभयो, “यो घटना मेरोे पाँच दशकको सार्वजनिक जीवनमा व्यक्तिगत रुपमा सबैभन्दा बढी दुःख महसुस गरेको घटना हो ।” भूकम्पबाट नेपालको पहिचान बनेका ऐतिहासिक धरहरा, हनुमानढोका दरबार, काष्ठमण्डप र अरु असङ्ख्य यस्तै सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका संरचना ध्वस्त भएको र अझै पनि धेरै व्यक्तिको उद्धार गर्न नसकिएका कारण धर्तीभित्र समेटिएर बेपत्ता भएको उपप्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
भूकम्पका कारण पहिरो गएर कैयन् नदीमा ताल बनेको, पहिराबाट सडक अवरुद्ध भएको, कैयन् जलविद्युत् परियोजना ध्वस्त भएको, कतिपय ठाउँका पानीका मुहान सुकेको तथा कतिपय ठाउँमा नयाँ मूल फुटेको उल्लेख गर्दै उहाँले भूकम्प हिमालयभन्दा तल र मध्यपहाडभन्दा उत्तरमा आएको र यसको तरङ्गले सिङ्गो देश समेटिएकाले विभिन्न संस्थाबाट प्राप्त भौगोलिक सूचना प्रणालीका नक्सा हेर्दा क्षतिको मात्रा अनुमान गरेभन्दा अत्यन्त बढी हुन सक्ने जनाउनुभयो ।
“प्राविधिकहरुबाट काठमाडौँ उपत्यकाको भूसतह नै डेढ मिटर सरेको र सतह माथि उठेको प्रतिवेदन आउनुले यसले भौतिक संरचनामा पारेको असरको पूर्ण अनुमान अहिले नै लगाउन सम्भव छैन, यसले अन्य विकास पूर्वाधार र समग्र अर्थतन्त्रमा पारेको प्रभावको मूल्याङ्कनसमेत भएपछि मात्र भूकम्पबाट भएको वास्तविक क्षतिको आँकलन हुनेछ ।” उहाँले भन्नुभयो ।
क्षतिको विवरण
हालसम्म यस विनाशकारी भूकम्पबाट सात हजार ८८५ जनाले ज्यान गुमाएका छन् भने १५ हजार नौ सय ४४ जना घाइते भएको र छ हजार ८६ जना उपचारत छन् । त्यसैगरी सात हजार ७७९ जनाको शव सम्बन्धित परिवारलाई बुझाइसकिएको छ ।
हालसम्म सरकारी भवन १० हजार सात सय ६१ र सर्वसाधारणका दुई लाख ७९ हजार दुई सय ५४ भवन पूर्ण क्षति भएका छन् । भूकम्पबाट १४ जिल्ला गम्भीर रुपमा प्रभावित भएकाले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मानवीय क्षतिको विवरण ९स्रोतः गृह मन्त्रालय०
क्र।सं। जिल्ला मृतक घाइते
१ ताप्लेजुङ १ ४
२ मोरङ २ ४६
३ सुनसरी ७ २५
४ भोजपुर २ ८
५ ओखलढुङ्गा १९ ५२
६ सोलुखुम्बु २२ ७८
७ काठमाडौँ १,२१५ ४,६३३
८ भक्तपुर ३१४ १,८६२
९ ललितपुर १७५ २,५३९
१० नुवाकोट ९७७ १,३१२
११ धादिङ ७१५ ७०१
१२ रसुवा ४९० ७५३
१३ काभ्रेपलाञ्चोक ३१७ ९८२
१४ सिन्धुपाल्चोक ३,०४० ८६०
१५ धनुषा १ १९
१६ दोलखा ७५ ३०४
१७ रामेछाप २७ ३२
१८ सर्लाही १ ५०
१९ सिन्धुली ११ ६२
२० बारा ५ २९
२१ चितवन ७ ९५
२२ मकवानपुर ३३ १२७
२३ पर्सा ५ २३
२४ रौतहट १ २६
२५ गोरखा ४१२ १,०३४
२६ कास्की २ २१
२७ लमजुङ ५ २७
२८ तनहुँ १ १८
२९ नवलपरासी १ १३
३० रुकुम १ १
३१ कालीकोट १ २
रासस ९श्रव्य सामग्री उपलब्ध छ०
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





