अर्थ - वाणिज्य

ताप्लेजुङमा मिनिग्रिड बनाउन विश्व बैकले लगानि गर्ने
रविन भट्टराई÷ताप्लेजुङ, 
बैशाख २३ ।
ताप्लेजुङमा प्रस्ताब गरीएको ‘मिनी ग्रिड’ बनाउन बिश्व बैंकले लगानी गर्ने भएको छ । सन् २०१६ को डिसेम्बर अर्थात आउदो १९ महिना भित्रमा मिनिग्रिडको काम सम्पन्न गर्न बिश्व बैंक तयार भएपछि बिद्युतको चरम अभाव झेली रहेको ताप्लेजुङको फुङलिङका बासिन्दाले केहि राहातको अनुभुत गर्न पाउने भएका छन् । 
 
लक्ष्य अनुसार काम भए दिउसोको समयमा ४ सय २१ र रातमा कम्तिमा १ सय ६८ किलोवाट क्षमताको बिद्युत फुङलिङ भित्रने छ । यो योजना अनुसार बिश्व बैंकको सहयोगमा बैकल्किप उर्जा प्रर्बद्धन केन्द्र मार्फत ग्रामिण क्षेत्रमा खपत भई बचेको बिद्युत ग्रिड मार्फत फुङलिङ तानिने छ । 
ग्रामिण जिविकोपार्जनका लागि नविकरणीय उर्जा कार्यक्रमले यो परियोजनाका लागि स्थानीय सहजीकरण गर्ने उर्जा तथा वातावरण शाखाले जनाएको छ ।
 
उर्जा तथा वातावरण शाखाका निमित्त प्रमुख उज्वल श्रेष्ठका अनुसार यो परियोजनाका लागि बिश्व बैंकले कम्तिमा ६ र बढीमा ७ करोड सम्म लगानी गर्ने प्रस्ताव गरेको छ । दुईबर्ष अघि नविकरणीय उर्जा क्षेत्रमा लामो समय बिताएका सञ्जिव पोखरेल लगायतको टोलीले अध्ययन गरी यसमा लाग्ने परियोजनाको लागत सहितको बिवरण तयार पारेको थियो । 
 
पोखरेलको टोलीले फुङलिङ भन्दा टाढाका क्षेत्रमा बचेको बिजुलीलाई पनि मिनीग्रिडमा आद्ध गर्न सकिने प्रस्ताव गरेकोमा बिश्व बैंकले फुङलिङ आसपासका बिद्युत योजनालाई मात्र ‘मिनिग्रिड’बनाउन सकिने अडान लिएर सोहि अनुसार लागत तयार पारेको छ ।
 
मिनिग्रिड भन्नाले दुई वा सो भन्दा बढी लघु तथा साना जलबिद्युत एक आपसमा आवद्ध गराई स्थानीय वा क्षेत्रीय माग आपुर्ति गर्ने लघु तथा साना जलविद्युत आयोजनाहरुको विद्युतीय सञ्जाल (नेटवर्क) लाई जनाउछ । सो सञ्जाल क्षेत्रीय वा राष्ट्रिय विद्युत प्रसारण लाइनसंग आवद्ध भई वा स्वतन्त्र रुपमा संचालन हुनसक्नेछ । 
 
शुरुमा ७ सय किलोवाट सम्म बिद्युत सदरमुकाम फुङलिङ ल्याउने गरी अध्ययन भएपनि बिश्व बैंकले लगानीको दाहेरा खुम्चाएर मिनिग्रिडमा आबद्ध हुने चालु बिद्युत योजनाको संख्या समेत कटौती गरेको छ । उर्जा तथा वातावरण शाखाका निमित्त प्रमुख श्रेष्ठका अनुसार अव बन्ने मिनिग्रिडमा सदरुकाम फुङलिङ आसपासका साना जलबिद्युत परियोजना मात्र समाबेश हुनेछन् ।
 
पोखरेल नेतृत्वको टोलीले १२ करोड बढीको लगानी गरी १३ वटा साना जलबिद्युत योजनाको बचेको बिद्युत मिनिग्रिडमा आबद्ध गराउन सकिने प्रतिबेदन तयार गरी लगानीका लागि बिश्व बैंक समक्ष प्रस्ताव गरेको थियो । तर बैंक प्रस्तावित लागत र योजनालाई झण्डै ५० प्रतिशत कटाएर मात्र लगानी गर्न तयार देखिएको छ । केन्द्रिय बिद्युत प्रसारण लाईन जडानका लागि भएका पटक–पटकका पहल समेत असफल हुदै गएपछि फुङलिङ लामो समय देखि बिद्युतको अभाव झेलिरहेको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award