अर्थ - वाणिज्य

भुकम्प पीडितका लागि ताप्लेजुङमा एकैदिन अढाई लाख बढी राहात संकलन
रविन भट्टराई ताप्लेजुङ
बैसाख २३,
ससाना योजनामा पनि झगडा र भागबन्डामा पाखुरा सुर्कने ताप्लेजुङका मुख्य दलका नेताहरु महाभुकम्पबाट पीडित परिवारलाई दिईने राहात संकलन कार्यमा भने एकजुट देखिएका छन् ।
 
संयुक्त योजनानै बनाएर भुकम्प पीडितका लागि राहात संकलनमा जुटेका दलहरुको यस्तो मेलमिलाप देखेपछि सहयोग गर्न ईच्छुकहरु दाताहरुले पनि दिल खोले सहयोग गरेका छन् । बुधबार शिर्ष तीन दल काग्रेस, एमाले र एमाओवादीका जिल्ला अध्यक्षहरुनै राहात संकलनको ब्यानर बोकेर सदरमुकाममा राहत संकलनमा जुटेका थिए । 
 
ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले बिपद्मा परेका बेला देश सञ्चालनका मुख्य संवाहक दलहरुले मिलेर निर्णय लिएमा नागरिकको संकटले चाडैं निकास पाउनेमा बिश्वास लिएको बताए । देशका भुकम्प पीडित परिवारका लागि आगलागिले सर्बस्व गुमाएका फुङलिङका पीडित आफ्नो पींडा भुलेर सहयोगका लागि जुटेको देखिन्थ्यो । जसमा व्यवसायी, सरकारी कर्मचारी र नागरिक समाजका प्रतिनिधीको  र संचारकर्मीले समेत भरपुर सहयोग गरेका थिए ।
 
बुधवार ५ घण्टा राहात रकम संकलन गर्दानै २ लाख ६४ हजार ३ सय ६ रुपैंया जम्मा भएको छ । संकलन अभियानलाई बिहिवार पनि जारी राखिने संकलकले जनाएका छन् । जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा यहांका सिडियो डमरुप्रसाद निरौला अति प्रभावित भुकम्प पीडित परिवारलाई कम प्रभावितको तर्फबाट सहयोग पठाउने योजना अनुसार राहात संकलन भएको बताउछन् । संकलन भएको रकम प्रधानमन्त्री उद्धार तथा राहात कोषमा जम्मा गरिने निरौलाले जानकारी दिए ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award