अर्थ - वाणिज्य

चितवनका पार्टीहरुले मंगलबार सम्म भुकम्प राहतमा २६ लाख भन्दा बढी संकलन
राजु थापा, वैशाख २२, कालिका,
देशमा गएको विनाशकारी भुकम्पका पिडितहरुलाई राहत दिने उद्धेश्यले चितवनका सम्पुर्ण पार्टीहरुले एक भएर मंगलबार सम्म करिव नगद २६ लाख  संकलन गरेका छन् ।
वैशाख २० गते सम्म रकम संकलन गरि २१ गते बाट वितरण गरिने भनियता पनि विभिन्न संध संस्थाको आग्रहमा वैशाख २५ गते सम्म संकलन गरिने मंगलबार राप्रपा पार्टी कार्यालय चितवनमा बसेको सर्वदलिय बैठकमा बताईएको छ । बैठकमा उधोग वाणिज्य संध चितवनले १ लाख ५१ हजार, नेपाल पोल्टी ब्यवसायी मंचले २ लाख १ हजार, मंगलपुर सेक्टर बाट १ लाख ७४ हजार, युनिक टोलबाट २० हजार, सिद्धी गणेश सामुदायिक वनबाट २५ हजार पनि हस्तान्तरण गरिएको थियो ।
संकलित रकमलाई जिल्ला दैविप्रकोप उद्धार समिति संग सम्मन्वय गरि पहिलो प्राथमिकता चितवनलाई दिदै पुर्ननिर्माणमा लगाईने बताईएको छ । बैठकमा नेपाली काग्रेसका सचिव जितनारायण श्रेष्ठ, एमालेका अध्यक्ष जेएन थपलिया, एमाओवादीका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका बद्री तिमिल्सीना, राप्रपाका अध्यक्ष रामहरी कँडेल, मालेका सचिव परशुराम लामिछाने, जनमोर्चाका पुष्पकमल सुवेदी, नेकपा– माओवादीका घन प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।  
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award