अर्थ - वाणिज्य

भरतपुर अस्पतालको सि ब्लक बन्न २२ करोड लाग्ने
राजु थापा, वैशाख २२, कालिका,
चितवनको भरतपुर अस्पतालको सि ब्लक भवनको लागि विस्तृत नक्सा डिजाईन बारे सरोकार वाला पक्ष र आकिटेक्चर विच छलफल भएको छ ।
करिव २२ करोड लागतमा ३ तलाको डाईनेष्टिक विभाग रहने गरि ब्लक बन्दैछ । भवनमा ल्याव, एक्सरे, सिटिस्क्यान का साथै सर्जिकल वार्ड रहने बताईएको छ । नक्सा डिजाईनलाई अध्ययन पश्चात यसै आर्थिक वर्ष भित्रमा निमार्ण कार्य अधि बढाउने गरि कार्य अधि बढाईएको  अस्पताल विकास समितिका अध्यक्ष बिजय सुवेदीले बताउनु भएको छ ।
छलफलमा निमित मेडिकल सुपरिटे«न्डट डाक्टर प्रकाशजंग रायमाझी, विभागिय प्रमुखहरु प्रकाश खतिवडा, सुनिलमणी पोख्रेल, मिरा अधिकारी, आकिटेक्चर दामोदर आर्चाय, शहरी डिभिजन कार्यालयका आकिटेक्चर राजेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।   

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award