अर्थ - वाणिज्य

भूकम्पबाट रु ४९ करोडको पशुधन र रु दुई अर्बको खाद्यबाली क्षति
काठमाडौँ, २१ वैशाख ।
गत साता गएको विनाशकारी भूकम्पका कारण रु ४९ करोड बराबरको पशुधन र रु दुई अर्ब बराबरको खाद्यबाली क्षति भएको छ ।
 
कृषि विकास मन्त्रालयले हालसम्म भएको पशुपक्षी तथा बाली नालीको क्षतिको विवरण सङ्कलन गरी उक्त क्षतिको प्रारम्भिक अनुमान गरेको हो । 
 
मन्त्रालयअन्तर्गत सङ्कलित भौतिक क्षतिको विवरणअनुसार हालसम्म ११४ भवन पूर्णरुपमा क्षति भएका छन् भने १४९ भवन आंशिकरुपमा क्षति भएका छन् । उक्त क्षति कुल अनुमानित रु ८९ करोड बराबरको रहेको मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका उपसचिव श्रीराम घिमिरेका अनुसार मन्त्रालयअन्तर्गतका निकायमा भएको क्षतिबाट कार्यालय सञ्चालनमा बाधा अड्चन पुगेका कारण जनताले पाउने प्रत्यक्ष सेवा उपलब्ध गराउन भोलिदेखि नै आवश्यक व्यवस्था मिलाएको छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award