अर्थ - वाणिज्य

जापानले नेपाललाई चौरासी लाख डलर सहयोग गर्ने
काठमाडौँ, १८ वैशाख । 
जापान सरकारले नेपालका भूकम्पपीडितका लागि सहयोग गर्न ८४ लाख डलर बराबरको त्रिपाल एवम् कम्बल नेपाललाई दिने भएको छ । 
 
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग आज बिहान पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेपालका लागि जापानी राजदूत मासासी ओगवाले ती सामग्री शनिबार नेपाल आइपुग्ने जानकारी उपसभापति पौडेललाई गराउनुभयो । 
 
सो भेटमा जापानी राजदूत ओगवाले विनाशकारी भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै जापान सरकार नेपालमा आएको विपत्तिमा सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । जापानी राजदूतले तत्काल उद्धार, राहत तथा पुनःनिर्माणमा समेत सहयोग गर्ने वचन उपसभापति पौडेललाई दिनुभएको छ । 
 
यसअघि जापानले नेपालमा आएको महाविपत्तिमा सहयोगका लागि उद्धार टोली र उपचार टोलीसमेत पठाइसकेको छ । भेटमा उपसभापति पौडेलले जापान सरकारसँग नेपालले अल्पकालीन, दीर्घकालीन र मध्यकालीन सहयोगको अपेक्षा गरेको स्पष्ट पार्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो । 
 
भूकम्पमा जापानको अनुभव नेपालको महाविपत्तिको घडीमा उद्धार राहत र पुनःनिर्माणमा उपयोग गनुपर्ने बताउँदै उपसभापति पौडेलले जापानको सहयोगमा नेपाल अब सुरक्षित बस्ती निर्माण गर्न र भूकम्पसम्बन्धी जापानको अनुभवबाट धेरै सिक्न तयार रहेको जानकारी राजदूत मासासीलाई गराउनुभएको थियो । रासस, सूर्य 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award