अर्थ - वाणिज्य

च्याउखेतीबाट मनग्य आम्दानी
पाल्पा, ११ वैशाख । युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक च्याउखेतीबाट युवाले मनग्य आम्दानी गर्न सफल भएका छन् । 
 
कृषि विकास कार्यालयको रु दुई लाख ८० हजार अनुदान तथा युवाको रु पाँच लाख लागनीमा व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका हुन् । नायरनम्तलेस गाविसको ६ र ७ वडाको सात घरपरिवारका २८ जना युवाले च्याउखेतीबाट गाउँमा मनग्य आम्दानी गर्न थालेका हुन् । 
 
कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि यहाँका युवा व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । च्याउखेती गरी मासिक रु १५ देखि २५ हजारसम्म आम्दानी गर्न सफल भएको उनीहरुको भनाइ छ । 
 
गाउँबाट नै च्याउ प्रतिकिलो रु २०० मा खरिद बिक्री हुँदै आएको स्थानीय ताराबहादुर कुँवर बताउनुहुन्छ । “च्याउखेतीबाट आम्दानी हुन थालेपछि विदेश पलायन हुनुपरेको छैन” कुँवरले भन्नुभयो । च्याउको आम्दानीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी गरेको उहाँले बताउनुभयो । 
 
कम लगानी र कम परिश्रममा च्याउखेतीबाट आम्दानी गर्न सकिने भएपछि च्याउखेतीप्रति युवाको आकर्षण बढेको छ । कृषि कार्यालय र गैरसरकारी कार्यालयहरुको अगुवाइमा च्याउ उत्पादनसम्बन्धी तालिम र बीउ पाएपछि उनीहरु च्याउखेतीतर्फ आकर्षित भएका हुन् । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award