अर्थ - वाणिज्य

देसार पोल्ट्रीको ३ हजार चल्ला नष्ट । देसार पोल्ट्रीको ३ हजार चल्ला नष्ट ।
 राजु थापा, बैशाख–१०, कालिका
 
जिल्ला पशुसेवा विभाग चितवनले ३ हजार ६० चल्ला नष्ट गरेको छ । देसार पोल्ट्री फर्मा भैरहवाको  १ लाख ६५ हजार बराबरको चल्ला पशु सेवा विभागको  बिक्रि अनुमति पत्र नभएकोले  आपटाँडी क्वारेन्टाईन चेकपोष्टले  गएराती नियन्त्रणमा लिई पशुसेवा कार्यालय चितवनले ले नष्ट गरेको हो ।कार्यालयले सो पोल्ट्रीलाई पटक पटक चेतावनी दिईदै आईएको थियो ।
 
यसरी चेतावनीलाई वेवास्ता गरेमा र अनैतिक तरिका बाट बिक्री वितरण गरेमा थप कारबाही गरिने जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख  डा रामकुमार कार्कीले बताउनु भएको छ ।
 
यस्तै बुधवार राती यात्रु बसमा लगिदै गर्दा शंका लागेर रामनगरमा पुगि जाचँ गर्दा चल्ला भेटिएकोले नियन्त्रणमा लिएको आपँटाडी क्वारेन्टाईन प्रमुख   दुर्गा पौडेलले बताउनु भयो । चल्ला पशु कार्यालयका कर्मचारी, स्थानिय ब्यापारी, पत्रकार सबैको रोहवरमा गाडिएको थियो ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award