अर्थ - वाणिज्य

घरबहाल कर उठेन
चितवन, १० वैशाख ।
चितवन र नवलपरासीको सहरी क्षेत्रमा घरधनीले बहालवालासँग चर्को भाडा असुल गरे पनि यथार्थ कर नतिरेको पाइएको छ । 
घरबहाल कर नउठेपछि आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसारको कर सङ्कलन गर्न असफल भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आव २०७१÷७२ को चैत मसान्तसम्म घरबहाल कर शीर्षकमा रु आठ करोड ३९ लाख ५० हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा हालसम्म जम्मा रु तीन करोड ९३ लाख ८७ हजारमात्र बहाल कर उठेको कार्यालय प्रमुख टीकाराम भुसालले बताउनुभयो । 
 
चैत मसान्तसम्म ४७ प्रतिशतमात्र घरबहाल कर उठेको उहाँले बताउनुभयो । घरधनीसँग ठूलो परिमाणमा रकम सम्झौता गरी कर कार्यालयमा देखाउनका लागि कम रकमको कागज बनाउने गरेको बताउँदै भुसालले त्यस्ता बहालवाला र घरधनीको विषयमा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो । 
 
वर्षेनी बहाल रकम बढने भए पनि पुरानै कागज कर कार्यालयमा पेस गरेको पाइएको भन्दै त्यस्ता करदातालाई संशोधित बहाल रकमको कागज पेस गर्न लगाइने उहाँले बताउनुभयो । अनुगमन गर्दा कतिपय व्यक्तिले घर जग्गा भाडामा लगाएर आयआर्जन गर्दै आएको भए पनि कार्यालयलाई कर नतिरेको पाइएको छ । 
 
“बैंक, वित्तीय संस्थाबाहेक अधिकांशले वास्तविक बहाल कर तिरेका छैनन्” उहाँले भन्नुभयो । 
 
घरबहाल सरोकार महासङ्घका प्रथम उपाध्यक्ष विष्णु कँडेलले घरधनीले वास्तविक घरबहाल रकम कर कार्यालयमा नदेखाउन दबाब दिने र करसमेत बहालमा बस्नेलाई नै दिन लगाउने गरेको बताउनुभयो । 
 
प्रमुख बजार क्षेत्रमा रु ५० हजारसम्म एउटै सटरको मासिक भाडा लिने गरेको भए पनि रु तीन चार हजारको कागज बनाएर कर छल्ने गरेको उहाँले बताउनुभयो । घरधनीले भने बहालमा बस्ने व्यापारीकै कारण सम्झौता थोरैको बनाइने गरेको दाबी गरेका छन् । 
 
कर कार्यालयले भाडामा बस्नेहरुलाई ९० प्रतिशत कर घरधनीलाई र १० प्रतिशत कर कार्यालयमा बहाल कर बुझाइदिन आग्रह गर्दै आएको छ । आउँदो साताबाट कार्यालयले कडा रुपमा अनुगमन थाल्नेसमेत जनाएको छ । रासस 
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award