अर्थ - वाणिज्य

सामसुङ मोबाइल एक्स्पोमा साढे बाह्र करोडको कारोबार
काठमाडौँ, ७ वैशाख । सुन्धारास्थित सिटिसी मलमा ११ दिनदेखि भइरहेको सिटिसी सामसुङ मोबाइल एक्स्पो आज सकिएको छ । 
 
सो एक्स्पोमा रु १२ करोड ५० लाखको कारोबार भएको छ । करिब छ लाखभन्दा बढीले एक्स्पोको अवलोकन गरेका थिए । एक्स्पोमा मोबाइल खरिद गर्नेलाई विभिन्न उपहारको व्यवस्थासमेत गरिएको थियो । सो अवसरमा मोबाइल खरिद गर्दा आठदेखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । 
 
यस अवधिमा सामसुङ, माइक्रोम्याक्स, कलर्स, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार अन्यभन्दा बढी भएको सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दीपमान श्रेष्ठले जानकारी दिनुभयो । 
 
एक्स्पोमा १४ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, करिब एक सय मोबाइल पसलको सहभागिता रहेको थियो । एक्स्पोलाई थप आकर्षक बनाउन विभिन्न कलाकारले साङ्गीतिक प्रस्तुति गरेका थिए । सिटिसी मलको भुइँतलामा फुटसल, क्रिकेट तथा पुरस्कार वितरण गरिएको थियो । 
 
यही वैशाख ५ गतेसम्म एक्स्पो सञ्चालन गरिने भनिए पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण अवधि बढाइएको श्रेष्ठले बताउनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award