अर्थ - वाणिज्य

भारतीय आँप नेपाली बजारमा छ्यापछ्याप्ती
बनेपा, ४ वैशाख । आँप फुल्ने र बतिला लाग्ने समय भइरहेको बेला बनेपा र आसपासको बजारमा भारतीय आँप छ्यापछ्याप्ती देखिएको छ । 
 
बजारमा आएको भारतीय आँप कति स्वस्थ्यकर वा अस्वस्थ्यकर भन्ने विषयमा बहस भइरहेको बेला त्यस्तो आँप स्थानीय बजारमा छ्यापछ्याप्ती देखिएको हो । 
 
अघि पाक्ने जात यहाँ नभएकाले भारतीय आँप बजारमा आयात गरिएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दीपक पौडेलले अनुसार बजारमा आएको सो आँप स्वस्थकर नभएकाले प्रसस्त रुपमा खान नहुने बताउनुभयो । 
 
नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले भने बजारमा आएको आँप औषधिरहित भएको दाबी गरेको छ । 
 
सङ्घले नेपालमा भारतबाट आउने जातका आँप उत्पादन नभएकाले यसको बजार नेपालमा रहेको जानकारी दिँदै नेपाली आँप उत्पादन भएपछि प्रतिस्पर्धा हुन नसकेर स्वतःभारतीय आँप विस्थापित हुने जनाएकोे छ । 
 
सङ्घका अनुसार एक महिनादेखि दशहरी, माल्दा, बदाम, गुलाब फास्ट जातका आँप नेपाली बजारमा आएको र भारतीय उत्पादनका यी आँप चीनसम्म पुगेको छ । 
 
नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले दिएको जानकारीअनुसार रु २७ लाख बराबरको ४५ देखि ४८ टन भारतीय आँप काठमाडौँ भित्रिएको छ । सोमध्ये बनेपा, धुलिखेल, पाँचखाललगायतका बजारमा झन्डै पाँच टन भारतीय आँप खपत हुने गर्छ । 
 
खाद्य प्रविधि विभाग काठमाडौँ बबरमहलका उपमहानिर्देशक विनय श्रेष्ठले भारतीय आँप स्वस्थ्यकर भए नभएको विषयमा छलफल भइरहेको उल्लेख गर्दै आँपमा कुन रसायन प्रयोग भएको भन्ने विषयमा पहिचान गर्ने काम भइरहेको बताउनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award