अर्थ - वाणिज्य

विद्यालय क्षेत्र सुधारका लागि एकतीस करोड बढी अनुदान
काठमाडौँ, २ वैशाख । अस्ट्रेलिया सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु ३१ करोड १४ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । 
 
छ वर्षदेखि सञ्चालित उक्त कार्यक्रम कार्यान्वयन गर्न अस्ट्रेलियाले अनुदानस्वरुप सो रकम उपलब्ध गराएको हो । 
 
‘सबैका लागि शिक्षा’कार्यक्रम कार्यान्वयनमा योगदान गर्न अस्ट्रेलियाले अतिरिक्त सहायता रकम प्रदान गरेको जनाएको छ । 
 
अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट र अर्थसचिव सुमनप्रसाद शर्माले हस्ताक्षर गर्नुभयो । 
 
त्यस अवसरमा राजदूत ह्वाइटले नेपाल सरकारले आफ्नो राष्ट्रिय बजेटमा शिक्षा क्षेत्रको विकासका लागि गरेको लगानीको सराहना गर्दै सहस्राब्दी विकास लक्ष्यको दोस्रो लक्ष्य ‘विश्वव्यापी प्राथमिक शिक्षा’ प्राप्तिमा भएको प्रगतिको प्रशंसा गर्नुभयो । 
 
सचिव शर्माले नेपालको शैक्षिक उन्नयनका साथै स्वास्थ्य, मानव संसाधन विकास, प्राकृतिक स्रोत व्यवस्थापन र सुशासन प्रवद्र्धनमा अस्ट्रेलियाले निरन्तर रुपमा गर्दै आएको सहयोगप्रति आधार व्यक्त गर्नुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award