अर्थ - वाणिज्य

परासीको विद्युत् बक्यौता करिब रु चौध करोड साठी लाख
कावासोती, १ वैशाख ।
नेपाल विद्युत् प्राधिकरण शाखा परासीको करिब रु १४ करोड ६० लाख महसुुल बक्यौता रहेको छ । विभिन्न शीर्षकबाट रकम जम्मा भई ठूलो रकम बक्यौता रहेको विद्युत् कार्यालयले जनाएको छ । प्राधिकरणका अनुसार बर्दघाट, त्रिवेणी, सूर्यपुरा र परासी उपवितरण केन्द्रबाट यी बक्यौता रकम असुल हुन बाँकी देखिएका छन् । 
बक्यौता रकममा कुल गार्हस्थ्यतर्फ करिब रु आठ करोड ३८ लाख असुल हुन बाँकी रहेको छ । यसैगरी व्यापारीतर्फ करिब रु चार करोड ४३ लाख, औद्योगिकतर्फ रु एक करोड ५२ लाख, नगरपालिकाको रु एक करोड ८० लाख रहेको प्राधिकरणले जनाएको छ । 
 
यस्तै गैर व्यापारी एवम् सरकारी कार्यालय, सडक बत्ती, सिँचाइ, खानेपानी, मठमन्दिरलगायतको बक्यौता बाँकी रहेको विद्युत् कार्यालयले जानकारी दिएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award