अर्थ - वाणिज्य

दश महिनामा एक हजार पाँच सय विदेशी पर्यटक भित्रिए
चरिकोट, १ वैशाख । दोलखामा गएको साउनदेखि चैतसम्म एक हजार ५०० विदेशी पर्यटक भित्रिएका छन् । 
 
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार १० महिनामा एक हजार ५०३ जना विदेशी पर्यटक जिल्ला भित्रिएका हुन् । 
 
जापान, चीन, दक्षिण कोरिया, फ्रान्स, क्यानाडा र भारतलगायतका देशबाट धेरैजसो पर्यटक भित्रिएका थिए । आर्थिक वर्ष २०७१÷७२ मा यहि समयमा आन्तरिक र बाह्य गरी दुई लाख ५० हजार बढी पर्यटक भित्रिएको पाइएको छ । 
 
पूर्वी तथा मध्य पहाडी र राजधानीका तीन जिल्लाबाट अत्यधिक मात्रामा पर्यटक जिल्ला भित्रिने गरेका छन् । 
 
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार करिब २८ हजार विभिन्न सवारी साधन प्रयोग गरी पर्यटकहरु जिल्ला भित्रिएका हुन् । 
 
“भित्रिनेमध्ये सबैभन्दा बढी धार्मिक पर्यटक रहेका छन्” क्षेत्रीय होटल सङ्घका महासचिव सन्तोष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार हप्ताको मङ्गलबार, शुक्रबार र शनिबार गरी तीन दिनमा करिब पाँच हजार पर्यटक जिल्ला भित्रिने गरेका छन् । 
 
“भीमेश्वर, कालिञ्चोक, महाँकाललगायतका धार्मिकस्थलको दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ” उहाँले भन्नुभयो । 
 
कालिञ्चोक र भीमेश्वर महादेवको मन्दिर आन्तरिक पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको होटल शैलुङ भिलेजका सन्तोष पाठकको अनुभव छ । स्विट्जरल्यान्डको ज्युरिचसँग तुलना गरिएको जिरीमा पुग्ने पर्यटकको सङ्ख्या समेत उल्लेख्य पाइएको छ । 
 
जिल्ला विकास समितिको तथ्याङ्कअनुसार कालिञ्चोक, भीमेश्वर, महाँकाल, जिरी, सिंगटी, लामाबगर, वेदिङ, विगु गुम्बा, शैलुङ, फिल्म सिटी निर्माणस्थल डाङ्डुङेडाँडालगायत जिल्लाका प्रमुख पर्यटकीयस्थल हुन् । 
 
करिब पाँच हजार बसबाट एक लाख ६० हजार, ५०० माइक्रो बसबाट सात हजार, ५०० कारबाट तीन हजार, १९ हजार मोटरसाइकलबाट करिब ३८ हजार, ६०० सुमोबाट करिब चार हजार ५००, ट्याक्सीबाट करिब दुई हजार ५०० र ३०० जिपबाट एक हजार ५०० पर्यटक विभिन्न पर्यटकीयस्थल पुगेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार राजकुमार दुलालले जानकारी दिनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award