- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
बिपी प्रतिष्ठानमा लगाएको ताला खोल्न दबाब
इटहरी, २८ चैत । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यकक्षमा एक साताअघि लगाइएको ताला खोल्न दबाब बढेको छ ।
तालाबन्दीको निन्दा गर्दै तत्काल ताला खोल्न त्यहांँका शिक्षक र कर्मचारीका आधिकारिक सङ्गठन र प्रतिष्ठान व्यवस्थापनले दबाब दिएका छन् ।
केही दिनअघि असन्तुष्ट कर्मचारी समूहले गठन गरेको कर्मचारी कल्याण तदर्थ समितिले पदाधिकारीहरुको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेपछि प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।
साथै उच्चस्तरीय तलबमान आयोगको सिफारिस बमोजिम सम्बोधन हुने प्रक्रियामा रहेका कर्मचारीका मागसमेत सङ्कटमा परेको तथा प्रतिष्ठानमा दण्डहीनता र अराजकता बढेकामा आपत्ति जनाउँदै बिनासर्त ताला खोल्न ती सङ्गठनले माग गरेका छन् ।
प्रतिष्ठानका आधिकारिक सङ्गठनहरु कर्मचारी कल्याण समाज, चिकित्सा तथा दन्त–चिकित्सा शास्त्र शिक्षक कल्याण समाज र प्रतिष्ठान व्यवस्थापनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी ताला खोल्न माग गरेका हुन् ।
प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले एक सूचना जारी गरी तदर्थ समितिको नाममा तालाबन्दी, धर्नाजस्ता अशोभनीय कार्य गरेर प्रतिष्ठानको कार्यमा बाधा पु¥याउने र प्रतिष्ठानको छविमा आंँच पु¥याउने कार्य गरेको भन्दै कर्तव्यलाई नबिर्सी विरोधका कार्यक्रम छाडेर कार्यमा संलग्न हुन सूचित गर्नुभएको छ ।
पटक–पटक हुने विरोधका कार्यक्रमले प्रतिष्ठानमा विषम परिस्थितिको सिर्जना भएकाले जिम्मेवार भएर यथाशीघ्र काम थाल्न शिक्षक कल्याण समाजले आन्दोलनरत कर्मचारीको ध्यानाकर्षण गराएको छ ।
यसैगरी कर्मचारी कल्याण समाजको विधान विपरीत कार्य गरी कारबाहीमा परेकाहरुको समूहले प्रतिशोध, जस–अपजस र व्यक्तिगत स्वार्थका लागि स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा अनुशासन, आचारसंहिता, मर्यादा र विधिको शासनको आधारभूत मान्यता तोडेर अराजकता सिर्जना गरेको भन्दै अनुशासनहीनहरुलाई कारबाही गर्न व्यवस्थापन र राज्यको निकायसंँग समाजले मागसमेत गरेको छ ।
समाजले विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको प्रतिष्ठानको कागजातउपर निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्नसमेत माग गरेको छ ।
त्यसैगरी ‘पेइङ’ सेवा बन्द भएबाट बिरामीलाई ठूलो कष्ट भइरहेको भन्दै पेइङ सेवा निर्देशिका तत्काल सुधार गरी सेवा सञ्चालन गर्न समाजले व्यवस्थापनसमक्ष माग गरेको छ । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





