अर्थ - वाणिज्य

तोक्मे आगलागि पिडितका लागि आज सम्म करिव ५४ लाख जम्मा ।।
रविन भट्टराई/ताप्लेजुङ
चैत्र २६,
गएको चैत ९ गते ताप्लेजुङ सदरमुकाम स्थित तोक्मे वजारमा भएको आगलागि वाट पिडित परिवारका लागि आज सम्म जिल्ला बिपद व्यवस्थापन समितिको खातामा करिव ५४ लाख वढि रकम जम्मा भएको छ ।
 
आज इलाम उद्योग वाणिज्य संघले इलाम जिल्लामा सङ्कलन गरेको ५ लाख बढी राहत रकम जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङलाई हस्तान्तरण गरिएसंगै जम्मा भएको कुल रकम ५४ लाख बढी पुगेको हो । इलामका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको नेतृत्वमा ताप्लेजुङ आएको टोलीले इलाममा सङ्कलित ५ लाख ६ हजार चारसय ११ रुपैंयाँ रकम समितिलाई हस्तान्तरण गरेको छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको राहत कोषमा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए । यसअघि संस्थागत तर्फ सुनसरी–ताप्लेजुङ सरोकार केन्द्रले हाल सम्मकै सर्वाधिक १५ लाख बढी रकम जिल्ला बिपद् व्यवस्थापन समितिमा जम्मा गरिसकेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले अग्नि पीडितलाई सहयोग गर्नेहरुले ग्लोवल आईएमई बैंकको खाता नं ५४०१०१००००१३३  बैंक लिमिटेड ताप्लेजुङको खाता नं ०६२०००४६७०२ नं मा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।
 
यसैबीच,नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आगलागीबाट पीडित बनेका आफ्ना दुई जना सदस्यलाई राहत प्रदान गरेको छ । आगलागीबाट पीडित बनेका शाखाका केन्द्रीय प्रतिनिधि तथा पूर्व अध्यक्ष ताराप्रसाद सिटौला र वर्तमान कार्यसमिति सदस्य बुद्धराज पालुङ्वाको परिवारलाई बिहिबार राहत सहयोग स्वरुप शाखाले जनही ९ हजार पांचसयका दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।
 
उक्त रकम पत्रकार महासङ्घ ताप्लेजुङ शाखामा आवद्ध सदस्यहरुबाट सङ्कलन गरी प्रदान गरिएको शाखा अध्यक्ष केशबप्रसाद भट्टराईले जानकारी दिए । यस्तै क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ताप्लेजुङ शाखाले पनि बिहीबार नै आगलागीबाट पीडित भएका आफ्ना १८ जना सदस्यहरुलाई राहत वितरण गरेको छ ।  
 
राहत रकम जनही ३ हजार पांचसय सय रुपियाँका दरले पीडित परिवारलाई वितरण गरिएको शाखा प्रमुख ध्रुव सुवेदीले जानकारी दिएका छन् । 
 
यसै विच थर्पु वजार व्यवस्थापन समितिले रेडियो तमोर वाट जम्मा हुने वुझाएको रु १० हजार १ सय ५ रुपया पनि आजै विपद व्यवस्थापन समितिको राहत कोषमा जम्मा गरिएको छ ।
 
उक्त रकम विहान एक कार्यक्रमका विच समितिका अध्यक्ष पुर्ण वहादुर काम्वाङ र कोषाध्यक्ष गंगा प्रसाद सुवेदीले रेडियो तमोरका स्टेशन मेनेजर सजन पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
 
हाल सम्म नेपाल वैक लिमिटेडमा रहेको खातामा ५ लाख ६२ हजार ५ सय ५१ रुपया ३६ पैसा र ग्लोवल आइएमीको खातामा ४१ लाख ८६ हजार ५ सय १५ रुपया जम्मा भएको विपत व्यवस्थापन समितिले जनाएको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award