- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अर्थ - वाणिज्य
गहुँ उत्पादन १० प्रतिशतले घट्ने
भीमदत्तनगर, २२ चैत ।\
लगातार तीन दिन भएको वर्षाका कारण कञ्चनपुरमा गहुँ उत्पादन १० प्रतिशतले कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गहुँ काटेर समेट्ने समयमा आएको वर्षाका कारण खल्ला क्षेत्रमा लगाएको गहुँ पूर्णरुपमा नोक्सान भएको वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो ।
‘खल्ला र पानी जमेको ठाउँमा रहेको गहुँ पूर्णरुपले नोक्सान भएको छ”, उहाँले भन्नुभयो, ‘बमौसमी वर्षाका कारण किसानले दुःख पाए ।” जिल्लामा लगाइएको कुल ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ तयार भइसकेका अवस्थामा वर्षा भएकाले उत्पादनमा कमी आउने उहाँले बताउनुभयो । “प्रतिहेक्टर २।५ मेट्रिकटन गहुँ उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष उत्पादनमा कमी आउने निश्चित छ ।”
त्यसैगरी पछिल्ला दिनमा भएको वर्षाका कारण गहुँको बीउ उत्पादनमा पनि ह्रास आएको छ । “वर्षाका कारण गहुँको बीउ उत्पादनमा पनि समस्या हुने देखियो”, थापाले भन्नुभयो, “गहुँका दानाभित्र पानी पसेकाले गुणस्तर कायम हुन सक्दैन ।”
हावाहुरीसँगै परेको वर्षाका कारण सुदूरपश्चिमभर हिउँदेबालीमा नोक्सान पुगेको कृषि विकास कार्यालयले जनाएको छ । वर्षाका कारण गहुँ, तोरीलगायत तरकारी तथा फलफूलमा समेत क्षति पुगेको छ ।
खेतमा पाकेको गहुँ बाली काटेर भित्र्याउन नपाउँदा कृषक चिन्तित बनेका छन् । उता पहाडी जिल्लामा पनि शनिबारको असिनापानीले विभिन्न ठाउँमा हिउँदेबालीमा नोक्सानी पु¥याएको छ । बैतडी, बझाङ, बाजुरा, दार्चुला, डडेल्धुरालगायतका जिल्लामा केही समययता परिरहेको असिनापानीले गहँु बालीसँगै तरकारी खेती र फलफूलसमेत नष्ट गरेको कृषकले बताएका छन् । रासस
Post Comment
More अर्थ - वाणिज्य
- विपन्नको उपचारमा गाउँपालिका
- विनियोजन विधेयक पारित
- कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
- यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
- नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन
- फोहरबाट मोहोर कमाउँदै
- आर्थिक गणना वैशाख १ गतेबाट शुरु
- २१ औँ पुष्प मेला चैत ३० देखि
- आर्थिक गणना वैशाखदेखि
- प्रविधि स्तरोन्नति गर्ने किसानलाई अनुदान
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





