अर्थ - वाणिज्य

जिल्ला शिक्षा कार्यालयबाट बाँडिएका करिब बाह्र करोड फछ्र्यौट हुन बाँकी
खोटाङ, २० चैत ।
 
 जिल्ला शिक्षा कार्यालय खोटाङबाट विभिन्न शीर्षकमा बाँडिएको रु १२ करोडभन्दा बढी रकम फछ्र्यौट हुन सकेको छैन । 
 
भौतिक योजनामा विभिन्न विद्यालय र व्यक्तिलाई वितरण गरिएको रु १२ करोड २५ लाख ३६ हजार पेस्की रकम फछ्र्यौट हुन नसकेको हो । विसं २०५१ देखि विभिन्न समयमा योजनाका रकम लिएर फछ्र्यौट नगर्ने विद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । 
 
उहाँले भन्नुभयो–“संस्थागत रुपमा योजना लैजानेलाई त खाता रोक्का गरेर भए पनि फछ्र्यौट गर्ने काम भइरहेको छ, व्यक्तिले धेरै आलटाल गरिरहेका छन्, अझै बेवास्ता गरे कानुनी प्रक्रिया बढाइने छ ।” भट्टराईका अनुसार व्यक्तिले लिएको करिब रु ११ लाख ७० हजार रकम फछ्र्यौट गर्न सकिएको छैन । योजना लिने व्यक्ति अधिकांश जिल्लाबाहिर बस्ने भएकाले समस्या भएको शिक्षा कार्यालयले जनाएको छ । 
 
कार्यालयका अनुसार संस्थागत रुपमा छात्रा शौचालय निर्माण गर्न रु दुई लाखका दरले रकम लिएर फछ्र्यौट नगर्ने सिंहदेवी मावि बोपुङ, जालपादेवी प्रावि दोर्पाचिउरीडाँडा, डिकुवा निमावि डिकुवा, विद्यालय मर्मत योजनामा रु एक लाख लिएर फछ्र्यौट नगर्ने महंकला प्रावि दुर्छिम, रु ५० हजार लिएर फछ्र्यौट नगर्ने हिमालय प्रावि सुङ्देल, दुईतले भवन निर्माणमा रु १० लाखका दरले लिएर फछ्र्यौट नगर्ने चम्पावती उमावि बुइपा र दुर्छिम उमावि दुर्छिमको खाता रोक्का गरिएको छ । 
 
यसैगरी नयाँ कक्षाकोठा निर्माणमा रु सात लाख ५० हजारका दरले रकम लिएर फछ्र्यौट नगर्ने कालिका प्रावि राजापानी, पारुहाङ प्रावि धितुङ, छात्रा शौचालयमा रु दुई लाख ५० हजारका दरले रकम लिएर फछ्र्यौट नगर्ने सरस्वती निमावि रतन्छा, हिमगङ्गा प्रावि राजापानीको खाता पनि रोक्का गरिएको छ । बाह्य वातावरण शीर्षकमा रु दुई लाख ५० हजार लिएर पेस्की फछ्र्यौट नगर्ने शिवपार्वती प्रावि डुम्रेधारापानी खाता पनि रोक्का गरिएको छ । 
 
त्यस्तै विद्यालय मर्मत पुनःस्थापना शीर्षकमा रु ५० हजारका दरले पेस्की लिएर फछ्र्यौट नगर्ने शुक्रजित मावि खार्तम्छा, शीतला मावि खाल्ले, थप मर्मत योजनामा रु ५० हजारका दरले पेस्की लिएर फछ्र्यौट नगर्ने पञ्चावती प्रावि डिकुवा, निर्वाचन क्षेत्रगत रुपमा वितरण गरिएका दुईतले भवन निर्माणमा रु छ लाखका दरले पेस्की लिएर फछ्र्यौट नगर्ने त्रिभुवन उच्च मावि ऐसेलुखर्क, देउराली उमावि डुम्रेधारापानी, विद्योलय उमावि दोर्पाचिउरीडाँडा, महेन्द्रोदय उमावि डाँडागाउँ र बालकन्या उमावि फाक्टाङको समेत खाता रोक्का गरिएको छ । भट्टराईका अनुसार यो छ महिनाको अवधिमा रु तीन करोड सात लाख ९६ हजार पेस्की भने फछ्र्यौट गरिएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award