अर्थ - वाणिज्य

पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समायोजन गरिएको हो । 
 
निगमले समायोजन गरेको मूल्यअनुसार पेट्रोलको बजार मूल्य रु १०९, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर रु ८६.५० कायम हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले राससलाई जानकारी दिनुभयो । 
 
निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य समायोजन गर्दै आएको छ ।

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award