अर्थ - वाणिज्य

कुरिलोखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी
रुकुम, १९ चैत ।
 
अन्य खेतीभन्दा राम्रो आम्दानी हुन थालेपछि रुकुम गरायलाका किसान कुरिलोखेतीतर्फ आकर्षित भएका छन् । 
 
जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी गरायला गाविस–१ भलाचौरका कृषकले कुरिलो लगाई आम्दानी लिन सुरु गरेका हुन् । 
 
गरायला–१ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र तिलक ओलीले कुरिलोखेती गरी आम्दानी लिन सुरु गरेका छन् । उनिहरुले तरकारी लगाउने बारीमा समेत कुरिलो लगाएका छन् । जिल्लामै यसको माग बढेको र ग्राहकहरु घरदैलोमै पुग्न थालेपछि कृषक कुरिलोखेतीतर्फ आकर्षित भएका हुन् । 
 
जडीबुटीखेतीले राम्रो आम्दानी हुने देखेपछि यस क्षेत्रका अन्य कृषक पनि कुरिलोखेती गर्न तम्सिएका छन् । उनीहरु जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी बोट लगाउन थालेका छन् । तिलक ओलीले तीन मुरी मकै फल्ने जग्गामा कुरिलोका बोट लगाएका छन् । 
 
घरेलु औषधि तथा विदेश निर्यात हुने यस कुरिलोखेतीबाट गरायलाका कृर्षकले वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् ।
 
ज्वरो, सुक्खा खोकी, घाँटीको खराबी, मुटु रोग, अम्लपित्त (ग्यास्ट्रिक), कमलपित्त (जन्डिस), स्मरणशक्तिको कमजोरी आदि रोगको घरेलु उपचारमा यसको प्रयोग हुने भएकै कारण सर्वसाधारण यस खेतीतर्फ आकर्षित भएको पाइन्छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award