अर्थ - वाणिज्य

सामुदायिक अस्पताललाई रु एक करोड बराबरको उपकरण सहयोग
लमजुङ, १८ चैत । लमजुङ जिल्ला सामुदायिक अस्पताललाई जर्मनीको डिएचएम कम्पनीले रु एक करोडभन्दा बढी मूल्य पर्ने स्वास्थ्यसम्बन्धी उपकरण उपहारस्वरुप सहयोग गरेको छ । 
 
मानव विकास तथा सामुदायिक सेवाले सामुदायिकरुपमा सञ्चालन गरिरहेको जिल्ला अस्पताल समेत रहेको लमजुङ जिल्ला सामुदायिक अस्पताललाई हाडजोर्नीको शल्यक्रिया गर्न आवश्यक उपकरण सहयोग गरेको हो । 
 
सामुदायिकरुपमा सञ्चालनमा आएयता सो कम्पनी अस्पतालको प्रमुख दातृ निकायको रुपमा रहेको छ । अस्पतालका प्रमुख डा विष्णु विष्ट थापाले 
 
हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक पर्ने अर्थोपेडिक्स उपकरण साथै अन्य थुप्रै उपकरण तथा सामग्री अस्पताललाई प्राप्त भएको जानकारी दिनुभयो । 
 
उपकरण प्राप्त भएपछि अस्पतालको विशेषज्ञ डाक्टर सेवाका साथै हाडजोर्नीसम्बन्धी धेरै शल्यक्रिया गर्न सकिने अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक सुरेश थापाले बताउनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award