अर्थ - वाणिज्य

लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैंक स्थापना
बेनी  म्याग्दी १६ चैत । लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ । 
 
समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन ९सिवियम० परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहँु, कोदो, भटमास, बोडी, घिरौँला, सागलगायत खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो । 
 
स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैंक स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् । 
 
स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी ६ लाख रूपैयाँबराबरको लगानीमा बीउ बैंकका लागि यसै वर्ष भवन निर्माण थालिने बताइएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award