अर्थ - वाणिज्य

तोकिएकाभन्दा बढी शुल्क लिने एम्बुलेन्सलाई कारबाही गरिने
पाँचथर, २९ माघ ।
एम्बुलेन्स सञ्चालन समिति पाँचथरको बैठकले तोकिएको शुल्कभन्दा बढी रकम लिनेलाई कारबाही गर्ने निर्णय गरेको छ । 
 
फिदिमदेखि ताप्लेजुङसम्म पुगेर आएको रु नौ हजार लिँदै आएकामा आजबाट लागू हुने गरी रु सात हजार मात्रै लिन पाउने निर्णय गरेको छ । 
 
जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको समितिको बैठकले अन्य स्थानका पनि भाडा घटाउन पाँच सदस्य समिति गठन गरिएको प्रजिअ प्रदीराज कँडेलले बताउनुभयो । 
 
यस्तै असल चालक र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई जनही रु २० हजारसहित सम्मान गरिने समेत निर्णय गरिएको प्रजिअ कँडेलले जानकारी दिनुभयो । 
 
बिना इजाजत दुईवटा एम्बुलेन्स सञ्चालनमा 
 
यसैबीच जिल्लामा दुईवटा एम्बुलेन्स बिना दर्ता सञ्चालन भइरहेको भन्दै बेनामे उजुरी जिल्ला प्रशासन कार्यालय पाँचथरमा परेको छ । 
 
दर्ता बिना नै ती दुईवटा एम्बुलेन्स सञ्चालन भइरहेकाले छानबिनको माग गर्दै सो उजुरी परेको बताइएको छ । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award