अर्थ - वाणिज्य

प्लान्टको क्षमता वृद्धि गरिँदै
पथरी, २७ माघ ।
मोरङको विराटनगरस्थित दुग्ध विकास संस्थानले सञ्चालन गरेको नेपालकै एक मात्र पाउडर प्लान्टलाई रु ६ करोडको लागतमा उत्पादन क्षमता वृद्धि गर्ने तयारी गरेको छ । 
 
संस्थानका प्रमुख शत्रुधनप्रसाद साहाका अनुसार सरकारले कृषि विकास मन्त्रालयमार्फत रु ६ करोड दिएपछि प्लान्टको उत्पादन क्षमता बढाउने काम सुरु गर्न टेन्डर आह्वान गरिसकेको छ । 
सो प्लान्टले अहिले वार्षिक पाँचसय मेट्रिम टनसम्म पाउडर उत्पादन गर्दै आएको छ । तर क्षमता वृद्धि गरेपछि सो प्लान्टले वार्षिकरुपमा थप एक हजार दुईसय मेट्रिक टन पाउडर उत्पादन गर्नेछ । सो उत्पादनले पूर्वाञ्चलमा मात्र नभएर काठमाडाँैको मागलाई समेत धान्ने छ । 
काठमाडाँैमा वार्षिकरुपमा एक हजार चारसय मेट्रिकटन पाउडरको माग रहे पनि संस्थानले भारतबाट पाउडर खरिद गरेर माग पूरा गरिरहेको प्रमुख साहा बताउनुहुन्छ । 
 
प्लान्टको क्षमता वृद्धिपछि संस्थान भारतबाट करोडाँै रुपैयाँको पाउडर खरिद गर्ने झन्झटबाट मुक्त हुने उहाँको भनाइ छ । रासस

Post Comment

More अर्थ - वाणिज्य

Special Programs

Kalika Events

  • 12th Music Award