अर्थ - वाणिज्य

तीस लाखको लागतमा खेलकुद मैदान निर्माण
बेनी ९ म्याग्दी, २७ माघ । 
म्याग्दीको पर्यटकीयस्थल घार गाविसस्थित खिवाङ गाउँमा करिब रु ३० लाखको लागतमा खेलकुद मैदान निर्माण गरिएको छ । 
करिब एक सय वर्गमिटर क्षेत्रफलमा बनेको खेलकुद मैदानका लागि सुनबहादुर पुर्जाले एक रोपनी चार आना र युवराज गर्बुजाले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । 
 
गाउँमा खेलकुद मैदान नहँुदा विद्यालयमा सभा समारोह सञ्चालन गर्दा पठनपाठन प्रभावित हुने गरेको भन्दै मैदान निर्माण गर्न खिवाङ समाज बेलायत र युरोपबाट गरी करिब रु आठ लाख ३३ हजार प्राप्त हुनुका साथै खिवाङ गाउँका ६५ घरधुरीले श्रमदान गरेको जानकारी खिवाङ समाज बेलायतका विल पुर्जाले दिनुभयो । रासस 

Post Comment

More अर्थ - वाणिज्य

Special Programs

Kalika Events

  • 12th Music Award