अर्थ - वाणिज्य

बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु
फलेवास ९ पर्वत, २७ माघ । 
पर्वत जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणमा वार्षिक रु एक करोडभन्दा बढी अनियमितता हुने गरेको गुनासो आएपछि बैंकबाटै वितरण गर्न थालिएको छ । 
 
सामाजिक सुरक्षा भत्ता वितरणलाई थप पारदर्शी बनाउन जिल्ला विकास समिति पर्वतले कुस्मा नगरपालिका र ४२ वटै गाविसको सामाजिक सुरक्षाभत्ता बैंकबाटै वितरण गर्न थालेको हो । 
 
पर्वतका ४२ गाविस र कुस्मा नगरपालिकामा सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्न सम्झौता भएको जिविसका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले जानकारी दिनुभयो । 
 
सबै क्षेत्रमा पायक पर्ने ठाउँका बैंकमा व्यक्तिगत खातामा रकम पठाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । 
 
यसअघि सामाजिक सुरक्षा भत्ता बुझ्नेको नाम अद्यावधिक नगरी नक्कली नाम राखेर रकम निकासा लिँदै आएको र कतिपय गाविसमा एउटै व्यक्तिको नाममा दोहोरो÷तेहरो रकम निकासा लिएको समेत पाइएको थियो । रासस 
 

Post Comment

More अर्थ - वाणिज्य

Special Programs

Kalika Events

  • 12th Music Award