देश

महिला हत्याका अभियुक्त शर्मा पक्राउ महिला हत्याका अभियुक्त शर्मा पक्राउ
काठमाडौँ, २ वैशाख रासस
महानगरीय प्रहरी परिसर काठमाडौँले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 
परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका –९ मिलनटोलको न्यू भूमेश्वरी एण्ड अर्जुन पाहुना घरको पहिलो तलामा ती महिलाको हत्याको अभियोग लागेका शर्माले घाँटी थिची हत्या गरेर घाँटीमा खैरो रङको ट्राउजरले बेरी घुँडाभन्दा तल खैरो रङको रुमालले दुवै खुट्टा बाँधेको अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । 
 
उक्त होटलमा बसेर महिलाले रक्सी मगाएको र रक्सी खाएपछि महिलाले विभिन्न किसिमको गालीगलोज र ज्यान मार्ने धम्की दिएपछि आफूले घाँटी थिचेर हत्या गरेको शर्माले प्रहरीसमक्ष बयान दिएका छन् । मृतकका बारेमा हालसम्म केही नखुलेको र अनुसन्धान जारी रहेको परिसरले जनाएको छ । 
 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award