- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु
कपिलवस्तु, २ वैशाख रासस
चुरामणि अर्याल
कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो ।
जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन भइरहेको छ । उत्पादन राम्रो भएकै कारण पछिल्लो समय भारतीय माछाको आयात पनि कमी भएको छ ।
पाँच वर्षअघि ८० प्रतिशतभन्दा बढी माछा आयात भएकामा अहिले ३० प्रतिशतमा झरेको छ । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग धान्छ । कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई यस जिल्लाले दुई वर्षमा पछि पार्ने जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताउनुभयो ।
जिल्लामा प्राकृतिक जलाशय बढिरहेको र धेरै इँटाभट्टा बन्द रहेकाले त्यसमा माछापालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिदा कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।
जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न पनि कम लगानी हुने हुँदा यसमा कृषकको यसतर्फ आकर्षण बढेको हो । जोखिम कम आम्दानी बढि हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भन्नुभयो, “त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै आएको हो । जिल्लामा माछापाल्ने छसय कृषकमा एकसय महिला छन् ।”
तीन वर्षअघि चारसय हेक्टरमा माछापालन गर्दा जम्मा आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि बढेर सातसय हेक्टर पुगेको छ, भने उत्पादन पनि वृद्धि भएर एक हजार दुईसय मेट्रिकटन पुगेको छ । चालु वर्षमा थप एक सय हेक्टरमा माछापालन हुने भएकाले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने प्रमुख खाँको दाबी थियो ।
जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ । जिल्लामा वार्षिक २४ करोडभन्दा बढी आम्दानी हुन्छ । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । ‘तीन वर्षअघि क्षेत्रीय कार्यालय र विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाँले भन्नुभयो,“अहिले सजिलो छ ।”
गतवर्ष ६६ नयाँ किसानले व्यावसायिक रुपले माछा पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि तीन बिघासम्ममा पोखरी बनाएका छन् । यसवर्ष ४० कृषकले पोखरी खनेर माछा पालनको तयारी गरिरहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका–११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । रु दुई करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेकामा वर्षेनी ६० देखि ७० लाखमात्र आम्दानी गर्न सफल भएको चर्चा गर्दै फरहान अकवाल खाँले भन्नुभयो, “राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ ।” उहाँको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ ।
वाणगंगा नगरपालिका –६ चम्कीपुरका भरतबम कार्कीले पनि दुई वर्षदेखि माछापालन शुरु गर्नुभएको छ । रु २५ लाखभन्दा बढी लगानी गरेर उहाँले साढे ९ लाख भुरा र ३० हजार माछा पाल्नुभएको हो ।
पाँच वर्षअघि तीन बिगाहामा माछापालन थाल्नुभएका शिवराज नगरपालिका–६ वसन्तपुरका लक्ष्मण भण्डारीले गतवर्ष थप चार बिघामा पोखरी खन्नुभएको थियो ।
राम्रो आम्दानी भएरै उहाँले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा केही वर्षयता कृषकयसतर्फ आकर्षित हुन थालेका हुन् ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





