देश

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन
अछाम, २ वैशाख, रासस
अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । 
 
उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताउनुभयो । देशैभरि विभिन्न नदीमा ¥याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो । 
 
साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ । अछामको बूढीगंगा र कैलाशमा सजिलै ¥याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरले बताउनुभयो ।
 
वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुने ¥याफ्टिङ सेवाले निकै सघाउ पु¥याउने देखिएको छ । अब नियमितरुपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म ¥याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको मागअनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने सो कम्पनीले जनाएको छ । 
 
अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award