देश

लोपोन्मुख मगही भाषा बचाउन पहल लोपोन्मुख मगही भाषा बचाउन पहल
 धनुषा, १ वैशाख रासस
मगही भाषा बचाउन राष्ट्रिय भाषा आयोगले पहल शुरु गरेको छ । 
 
आयोगले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा एकदिने कार्यशाला आयोजना गरी लोपोन्मुख मगही भाषाको वर्ण निर्धारण र शब्द संकलन गरेको छ । नेपाल पिछडा वर्ग महासंघ नेपालका राष्ट्रिय अध्यक्ष भरतप्रसाद महतोको अध्यक्षतामा भएको कार्यक्रममा मगही भाषाका शब्द पहिचान गरिएको छ । मधेशका २२ वटै जिल्लाबाट आएका मगही भाषाविद्सँग छलफल गरी भाषाको पहिचान गरेर शब्द संकलन गरिएको हो । 
 
कार्यक्रममा भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेल र आयोगका सचिव रामशरण सापकोटाले मगही भाषासम्बन्धी वर्ण निर्धारणका लागि भाषाविद्सँग छलफल गरी शब्द संकलन गर्नुभएको थियो । भाषाशास्त्री वीरबहादुर महतो र डा चन्देश्वर साहले भाषाकोे वर्ण पहिचान गर्नका लागि आआफ्ना तर्क प्रस्तुत गर्नुभएको थियो । भाषा आयोगको आयोजनामा भएको कार्यक्रममा मगही भाषा कला संस्कृति केन्द्रका अध्यक्ष परमेश्वर कापडी, बालआश्रमका सञ्चालक सन्त आलोक, पिछडा वर्ग महासंघका पूर्वअध्यक्ष वुधेश्वर महतो र भाषाविद् जयप्रकाश महतोले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । 
 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award