देश

नयाँ वर्ष मनाउन तिलिचो नयाँ वर्ष मनाउन तिलिचो
मनाङ, ३० चैत, रासस
नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । 
 
दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउनुहुन्छ । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् । 
 
हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउँछ । यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । गत वर्ष नयाँ वर्षको दिन यहाँ करिब पाँच सयभन्दा बढी आन्तरीक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । 
 
यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरीभराउ हुने गरेका छन्,” उहाँले भन्नुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award