- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत
बर्दिवास, ३० चैत, रासस
महोत्तरी जिल्लाका वन क्षेत्रमा अहिले पतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको छ । पूर्वपश्चिम राजमार्गको दायाँबायाँका सामुदायिक वन र सागरनाथ वन विकास परियोजनामा अहिले पातपतिङ्गर सोहोर्नेको चहलपहल निकै बढेको हो ।
जिल्लाको बर्दिवास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोहोर्न पुग्नेमा मुसहर जातिका दलित समुदायका महिला बढी देखिएका छन् । जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर महिला १५÷२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वन क्षेत्रमा व्यस्त देखिएका हुन् । पछिल्ला केही वर्षयता परवल र ओल खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दै गएपछि मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।
ओल र परवल रोपेपछि माटोको चिस्यान बचाइराख्न पतिङ्गरले छोप्ने गरिएकाले जिल्लामा पतिङ्गर आम्दानीको स्रोत बनेको यो काममा लागेका मुसहर महिला बताउँछन् । “जंगलके गिरल पत्ता समेट्क एक ठाम करैछि,” ९वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं० पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुगेकी भङ्गाहा–४ रामनगरका जितो सादा मुसहरले भन्नुभयो, “खेती करवालासब् अही ठाम आ’क ललेइछै” ९किसानले यहीँ आएर लिने गर्छन्० । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको मुसहर महिला बताउँछन् ।
मुसहरका लागि पतिङ्गर थप आम्दानीको स्रोत र आफ्नै घरमा खाना पकाउने इन्धन हुने गरेको छ । शुरुका केही दिन थुपारिएको पतिङ्गर बेचिएपछि घर फर्कने बेलामा इन्धनका लागि घर पनि लाने गरिएको गौशाला नगरपालिकाको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर सोहोरिरहेका औरही नगरपालिकाको टिम्किया बस्तीका पारो सादाले बताउनुभयो । अहिले खेतीपातीमा धमाधम बेला नभएकाले मुसहर महिलाका लागि फुर्सदको उपयोग गर्दै केही आर्जन गर्न वनजंगलमा पतिङ्गर सोहोर्नु खास अवसर भएको छ ।
अहिले पातपतिङ्गर सोहोरेर भएको आर्जनले घरगुजारा चलाएर दैनिकजसो एक÷दुई सय रुपैयाँ जोगिने गरेको भङ्गाहा–२ बखरीटोलका मङ्गली सादा बताउनुहुन्छ । “हजुर, अखैन गिरत सब्के खेतमे कोनो काम नइ अई,” ९हजुर अहिले मालिकका खेतमा कुनै काम छैन० बर्दिवास–५ को माईस्थान वन क्षेत्रमा पतिङ्गर सोहोरिरहेका बर्दिवास–९ पशुपतिनगरका इजोतिया सादाले भन्नुभयो, “तही स दु चार ढौवाके जोगारमे लागल छि ९त्यसैले दुई÷चार पैसा आर्जन हुने काममा छौँ० ।”
जिल्लाको भङ्गाहा नगरपालिकाका सकरी, बनरा, रामनगर, टिकुलिया, भीमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुर हरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइल सहितका बस्तीबाट आएका दलित महिला अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वन क्षेत्रमा पतिङ्गर सोहोर्न व्यस्त देखिएका छन् ।
माघदेखि चैतसम्म वनका रूखका पुराना पात झर्ने र यसबीच हुने वर्षाले वनभरि असरल्ल फिजिएका पतिङ्गर सोहोर्न सजिलो हुने मुसहर महिलाको भनाइ छ । अहिले पछिल्लो एक सातायता दैनिकजसो १००÷१५० को हाराहारीमा मुसहर महिला वनमा पतिङ्गर सोहोरिरहेका भेटिने गरेका बर्दिवास–४ माईस्थान भब्सीका राजनीतिक, सामाजिक कार्यकर्ता शुभनारायण साहले बताउनुभयो ।
मुसहर महिलाले सोहोरेका पतिङ्गरले आपूmहरुलाई निकै सजिलो भएको परवल र ओल खेती गर्ने किसान बताउँछन् । पातपतिङ्गर ९सोत्तर० सोहोर्न अन्य घरकामले नभ्याएका बेला मुसहर महिलाले थालेका कामले आपूmहरुलाई निक्कै सजिलो भएको बर्दिवास–५ का परवल किसान धनबहादुर स्याङ्वाले बताउनुभयो ।
ओल र परवल रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रहिरहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको उद्यमीको भनाइ छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायले समेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य संघका सचिव ज्ञानबहादुर बस्नेत बताउनुहुन्छ ।
वन क्षेत्रमा पतिङ्गर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुरुङ्गी भने भाग्न थालेका छन् । धूमपान ९बिँडी, चुरोट० गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडी चुरोटको ठुटा र सलाईको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । यता पतिङ्गर सोहोर्न वन क्षेत्र पुगेका महिलाले भने वन क्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





