देश

वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा
पोखरा, ३० चैत, रासस
तालैतालको शहर पोखरामा पानीमा मनोरञ्जन लिने वाटर पार्क ‘बिग स्प्लास’ बिहीबारदेखि सञ्चालनमा आएको छ । 
 
आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो । प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क निर्माणमा कूल रु ११ करोडको लगानी भएको छ । 
 
पूर्णरुपमा प्रशोधित पानीको प्रयोग हुने स्प्लासमा बच्चादेखि वयस्कसम्मले पानीमा मनोरञ्जन लिन सक्ने गरी विभिन्न संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 
 
संस्थाका अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने पर्यटकलाई लक्ष्य गरी वाटर पार्क निर्माण गरिएको र यसले पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award