देश

आर्थिक वृद्धिदर ५।५ हुने एडिबीको प्रक्षेपण आर्थिक वृद्धिदर ५।५ हुने एडिबीको प्रक्षेपण
काठमाडौँ, २८ चैत रासस
एशियाली विकास बैंक एडिबीले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । 
 
आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो । 
 
आज यहाँ सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’अनुसार चालु आवमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ । 
 
“अघिल्लो आवको तुलनमा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ,” बैंकका देशीय निर्देशक खामुदखानोभले उक्त प्रकाशनका मुख्य बुँदाबारे जानकारी दिँदै भन्नुभयो । 
 
प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको निर्विघ्न कार्यान्वयनको चुनौतीमा केन्द्रित रहेको बताउँदै उहाँले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेट घाटा बढ्ने आशंका व्यक्त गर्नुभयो । आगामी आवमा औसत मुद्रास्फीति पनि ५।५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापार घाटासहति मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उहाँले दिनुभयो । 
 
विकास परिदृश्यअनुसार ठेक्का तथा सहकारी खेती प्रणालीमार्फत व्यावसायिक कृषिलाई व्यापक रुपमा अवलम्बन गर्दा त्यो नेपालको राजश्वका स्रोतमध्येको एक सबल स्रोत बन्न सक्ने, बाली सुधार, कृषि उत्पादनको निर्यात प्रवद्र्धन, उच्च मूल्यका अलैँची, चिया, अदुवाजस्ता नगदेबालीको विकास तथा निर्यात वृद्धि गर्न सक्ने प्रशस्त संभावना छन् । जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ । 
 

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award