देश

नदीजन्य पदार्थको संरक्षणमा छुट्टै नीति आवश्यक नदीजन्य पदार्थको संरक्षणमा छुट्टै नीति आवश्यक
तनहुँ, २४ चैत रासस
नदीजन्य पदार्थको संरक्षण उत्खननबारे नियमन, नियन्त्रण गर्नका लागि छुट्टै नीति नियम आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । 
 
नेपाल वातावरण पत्रकार समूह ९नेफेज० को आयोजनामा तनहँुको दमौलीमा आयोजित अन्तक्र्रियामा सरोकारवालाले नदीजन्य वस्तुको जथाभावी रुपमा उत्खनन हँुदा नदीको बहावमा असर पर्नुका साथै अन्य मानवीय समस्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । 
 
नेफेजले सेती नदी बेसिन क्षेत्रका वातावरणीय सवालका विषयमा सञ्चार अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्लेले वातावरणबारे थाहा पाए पनि यसको संरक्षण गर्ने विषय महत्व नदिएको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “वातावरण र विकासलाई सँगैसँगै लैजाँदा जोखिमलाई पनि ध्यान दिई निर्माण र वृक्षरोपणलाई एकैसाथ लैजानुपर्छ, त्यस विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्छ ।” 
 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई वातावरण संरक्षणको अधिकार दिएकाले आउँदा दिनमा वातावरण संरक्षणमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । 
 
जिल्ला वन अधिकृत मातृका पौडेलले नदी उत्खनन, वातावरणीय संरक्षणमा पर्याप्त ध्यान दिन नसक्दा दैविक विपद् आउन थालेको बताउनुभयो । 
 
एनजिओ नेटवर्क तनहुँका संयोजक प्रतावसिंह गुरुङले जिल्लामा सञ्चालित ‘हरियो वन’ कार्यक्रम सञ्चालन गरी संरक्षणका कार्यक्रम गरिरहेको बताउनुभयो । 
 
वन्यजन्तुको चोरीशिकारी, मानव र वन्यजन्तुबीचको द्वन्द्व, खुल्ला चरिचरण, वन आगलागी, पूर्वाधार निर्माण, विषादीको प्रयोग, मिचाहा प्रजातिका बिरुवा, नदीका स्रोतको अत्याधिक दोहन, माग र आपूर्तिबीचको दुरी, वन मासेर खेती गर्ने प्रवृति जस्ता कारणले पछिल्लो समय वातावणीय समस्या बढ्दै गएको संयोजक गुरुङले बताउनुभयो । 
 
वातावरणीय स्रोतको अनाधिकृत र अध्याधिक प्रयोग जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको र नयाँ रोगको आक्रमण भइरहेको बारे जनचेतना गराइ वन, जल र जमिनको संरक्षणका लागि सक्रिय हुने वातावरण बनाउनुपर्नेमा सहभागीले जोड दिनुभयो । 
 
सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष केशवचन्द्र न्यौपानेले प्राकृतिक स्रोतको संरक्षण प्रदेश सरकारले गर्ने वा स्थानीय सरकारले गर्ने भन्ने द्धिविधा देखिएको बताउनुभयो । 
 
तनहँु, लमजुङ र चितवनका १० सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र सञ्चारकर्मी उपस्थित रहेको कार्यक्रममा नेफेजका अध्यक्ष अर्जुन ढकाल, कार्यकारी निर्देशक सुवोध गौतम, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले वातावरणीय अतिक्रमणका प्रभाव, संरक्षण र सञ्चारमाध्यमका भूमिकाबारे प्रस्तुति दिनुभएको थियो ।¬ 
 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award