देश

नयाँ वर्षमा नयाँ बसपार्क सडक महोत्सव नयाँ वर्षमा नयाँ बसपार्क सडक महोत्सव
काठमाडौँ, २४ चैत ९रासस० ः
‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ यहाँ प्रथम नयाँ बसपार्क सडक महोत्सव हुने भएको छ । काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९, मित्रनगर विकास तथा सुधार समिति, नेपाली होटल व्यवसायी संघ, काठमाडौँ सटर व्यवसायी संघ, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, संयुक्त यातायात व्यवसायी संघलगायत १७ संघसंस्थाको आयोजनामा नयाँ वर्षको अवसरमा चैत ३० र वैशाख १ मा नयाँ बसपार्क सडक महोत्सव हुने मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पोखरेलले बताउनुभयो । 
 
भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि महोत्सव आयोजना गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “भूकम्पपश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेकोे अवस्थामा पुनःनिर्माण भइसकेको र यस क्षेत्र पर्यटकीय हिसाबले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरेका हौँ। ” 
 
महोत्सवमा सडकमै विभिन्न खाना तथा वस्तुका कक्ष रहने र ख्यातिप्राप्त कलाकारबाट लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । यस्तै राति १२ बजे पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गरिनेछ । महोत्सव आयोजक समितिका सचिव भेषराज भट्टराईले महोत्सव सफल बनाउन आर्थिक, प्रचारप्रसार, सुरक्षा, कक्ष वितरण, ट्राफिक व्यवस्थापन, स्वयंसेवक, कलाकार तथा साउण्ड सिष्टम र अनुगमन उपसमिति बनाइएको जानकारी दिनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award