देश

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक
काठमाडौँ, २३ चैत, रासस
युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गर्नुभएको हो । 
 
ती काम आफूले एक सय दिनमा पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । लोकप्रियतालाई नभई काम गर्ने उद्देश्यले नै एक सय दिनमा गर्न सक्ने काममात्र आफूले सार्वजनिक गरेको र यसले खेल क्षेत्रमा आशा जगाउने उहाँको भनाइ थियो । उहाँले खेलाडी र खेलकूदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको जानकारी गराउनुभयो । 
 
नेपाल क्रिकेट संघ ९क्यान० र मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि उहाँको छ । मन्त्रालयका सचिव महेशप्रसाद आचार्यले एक खेल एक संघको अवधारणा ल्याउन लागिएको बताउनुभयो । 
 
राष्ट्रिय खेलकूद परिषद्मा अहिले १८६ संघ दर्ता छन् । कार्य योजनामा मन्त्रालयको संगठन पुनःसंरचना, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन, खेलकूदका राष्ट्रिय संघहरुको अभिलेख राख्ने, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन गर्ने, १२ वर्षे खेलकूद गुरुयोजना तर्जुमा गर्ने, पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नेलगायतका विषय रहेका छन् । 
 
यस्तै, खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडाँै उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने, युवा संसद् अभ्यासको तयारी गरिने, १६५ निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नेलगायतका योजना रहेका छन् । 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award