- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
हवाई टिकट पाउन हप्ता दिन कुर्नुपर्ने
त्रिपुराकोट, डोल्पा, २३ चैत, रासस
दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् ।
अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ ।
जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहँुच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताउनुभयो ।
लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैँकमा काम गरेर सरुवा भएपछि घर फर्कन थाल्नुभएका पौडेललाई पनि टिकट नपाएर जुफाल विमानस्थलमा तीन दिन रोकिनुप¥यो ।
जुफाल विमानस्थलमा नियमअनुसार जो अगाडि आउँछ त्यसैलाई प्राथमिकता दिनुका साथै फोनबाट टिकट ‘बुक’ गराउने परिपाटिको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उहाँको बुझाइ छ ।
सीता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रको चाँप भएको बेला पूर्वतिर उडान गर्ने गरेकाले सीता र गोमा एयरप्रति डोल्पालीले आपत्ति जनाएका छन् ।
“अहिले जुफाल विमानस्थलमा यात्रुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी पनि बढेका छन् सीता र गोमा एयर भने हप्तामा नियमित उडानसमेत गर्न छोडेर पूर्वतिर उडान शुरु गरेको छ” ठूलीभेरी नगरपालिका–९ का स्थानीयवासी अमर कठायतले भन्नुभयो ।
उडान थप्न दुई मन्त्रीलाई माग
हवाई टिकटको समस्या भएपछि जिल्लाबाट प्रदेश नं ६ मा मन्त्री बन्नुभएका कृषि, वन, उद्योग वातावरण तथा पर्यटनमन्त्री नन्द सिंह बुढा र संस्कृति नागरिक उड्डयन पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि जिल्लावासीले सहजरुपमा हवाई उडान सुचारु गर्न अनुरोध गरेका छन् ।
“डोल्पामा हवाई यातायातको विकल्प छैन्, जाजरकोट डोल्पा मोटरबाटो निर्माणाधीन छ, डोल्पामा सडक यातायातको पहँुच विस्तार नहुञ्जेल सम्मको लागि हवाई टिकटमा सिण्डिकेट घटाउनेदेखि सरकारी तथा निजी विमान कम्पनीलाई नियमित उडान गराउन मन्त्रीहरुले विशेष पहल गर्नुपर्छ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी पूर्णकेशर न्यौपानेले भन्नुभयो ।
नेपाल एयरलाइन्स, सीता गोमा एयरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकटको समस्या दिनप्रतिदिन बड्दै गएको हो । सरकारी विमान कम्पनी नेपाल एयरलाइन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ ।
उडान कम भएपछि जुफाल विमानस्थलमा यात्रुको चाप बढ्दै गएको नागरिक उड्डयको कार्यालयले जनाएको छ । जुफाल विमानस्थलमा तारा एयर जस्तै नियमित उडान गर्न सीता, गोमा एयरलाइन्सलाई पनि डोल्पालीले आग्रह गरेका छन् ।
सडक यातायातको पहँुच नभएको डोल्पामा जिल्ला बाहिर जानका लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





