- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
कैलालीमा भारतसंगको सीमाबारे छलफल
धनगढी, २३ चैत, रासस
सीमा क्षेत्रमा बग्ने नदीले आफ्नो धार परिवर्तन गर्ने गरेका कारण कतिपय ठाउँमा सीमा विवाद बल्झिने गरेको बिहीबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
सीमा सर्वेक्षणसम्बन्धी छलफल कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सीमा क्षेत्रमा रहेका नदीले आफ्नो धार परिवर्तन गर्ने गरेकै कारण सीमा विवाद बल्झिने समस्या रहेको बताउनुभयो । कार्यक्रममा दिइएको जानकारीअनुसार विसं २०४५ मा तत्कालीन सरकारले सीमा क्षेत्रमा रहेका नदीको धार नै वास्तविक सीमा भएको निर्णय गरेको अवस्थामा त्यसैलाई आधारमान्दा पटकपटक नदीले धार परिवर्तन गरेसँगै सीमा विवाद बल्झिने गरेको हो ।
कैलालीको हकमा पश्चिमबाट पूर्व बग्ने सीमा क्षेत्रको मोहना नदीले कतिपय स्थानमा आफ्नो धार बेलाबखत परिवर्तन गर्दै आएको छ । कार्यक्रममा सीमा क्षेत्रमा दुवै देशका नागरिकले उपभोग गर्दै आएको जग्गाको भोगचलन सीमा निर्धारण नहुँदासम्म कायम राख्ने दुवै देशबीच भएको सहमति भारतीय पक्षबाट पालना नहुँदा पनि समस्या देखिएको बताइएको छ ।
नेपाली र भारतीय दुवै पक्षले सीमाका कतिपय क्षेत्रमा एक अर्काको जग्गा भोगचलन गर्दै आएका छन् । नेपाली पक्षले उपभोग गर्दै आएको भारतीय पक्षको जग्गाभन्दा भारतीय पक्षले निकै बढी नेपाली पक्षको जमिन उपभोग गरिरहेको पाइएको कार्यक्रममा सहभागी सीमा सर्भेमा सहभागी अधिकारीले जानकारी दिनुभयो । नेपाल र भारतबीच सीमा सम्बन्धमा भएका ऐतिहासिक सन्धि र सम्झौताअनुसार सीमा निर्धारणको काम दशकौँदेखि चल्दै आएको छ ।
कार्यक्रममा ४ नम्बर सीमा सर्भे टोलीका प्रमुख सुदर्शनसिं धामीले सर्वेक्षण गर्नुभन्दा पहिले गरिने रेकी कार्य ९पूर्वेक्षण० को कार्यप्रगति बारे प्रकाश पार्नुभएको थियो । रेकीको काम पछि अब मर्मत गर्नुपर्ने सीमा स्तम्भको मर्मत गर्ने र निर्माण गर्नुपर्ने स्तम्भको निर्माण अघि बढाइने धामीले राससलाई जानकारी दिनुभयो । नेपाल र भारतको संयुक्त सीमा टोलीले रेकी कार्य ९पूर्वेक्षण० गरेको जनाइएको छ ।
नापी विभागले पछिल्लो समय आठ हजार ५५३ सीमा स्तम्भमध्ये छ हजार ८२ स्तम्भको निरीक्षण, ७१३ नयाँ सीमा स्तम्भको निर्माण र एक हजार ५४७ सीमा स्तम्भको मर्मत सम्भार गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । कार्यक्रममा ७ नं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश सदस्य, कैलाली र कञ्चनपुरका सीमा अधिकारी, सुरक्षा अधिकारी, सीमा क्षेत्रका स्थानीय तहका पदाधिकारीलगायतको सहभागिता थियो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





