देश

तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु
बाबियाचौर, म्याग्दी, २२ चैत, रासस
बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ । 
 
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध रु दुई करोड ७४ लाख ६० हजार ४६० कूल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २५३ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धिबहादुर चोखालले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । रु दुई लाख ७४ हजार ६०४ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले रु ५२ लाख १७ हजार ४८७ बराबरको श्रमदान गर्नुपर्नेछ । 
 
सरकारले रु दुई करोड १९ लाख ६८ हजार ३६८ अनुदान उपलब्ध गराउने जनाइएको छ । विसं २०७२ मा सर्वेक्षण भएको आयोजनाका लागि गत वर्ष सामान खरिद गरिएको थियो भने यस वर्षदेखि पूर्वाधार निर्माण शुुरु भएको छ । 
 
काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०÷२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने सचिव चोखालले बताउनुभयो । 
 
चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ । 
 
स्थानीयवासीको अग्रसरतामा सडक विस्तार 
 
बेनी नगरपालिका–१० पात्लेखेतका बासिन्दाको पहलमा सडक विस्तार भएकोे छ । 
 
जग्गा मासिने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध र अवरोध गर्दा कतिपय ठाउँमा सडक विस्तारको काम प्रभावित बनेको अवस्थामा पात्लेखेतबासीले सडक फराकिलो बनाउन खेतबारी मात्र नभएर नगद नै सहयोग गरेका छन् । 
 
बेनी नगरपालिका–९ को सिमानामा पर्ने गिठीनीदेखि पात्लेखेत हुँदै रघुगंगा गाउँपालिका–५ झिँको सीमा क्षेत्र हिला जोड्ने दुई किलोमिटर ४०० मिटर सडक फराकिलो बनाएर विस्तार गरिएको हो । बेनी नगरपालिकाले चार लाख विनियोजन गरेको योजना सम्पन्न गर्न रु १३ लाख खर्च भएको अध्यक्ष रोकाले बताउनुभयो । 
 
नगरपालिकाको अनुदान अपुग भएपछि आमा समूह, वन उपभोक्ता समूह, युवा क्लबको सहयोग र उपभोक्ताबाट चन्दा संकलन गरेर सडक विस्तार गरिएको रोकाले बताउनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award