देश

बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र
बुटवल, २२ चैत, रासस
बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ । 
 
लुम्बिनी विकास कोषले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमारोह समिति र विभिन्न १३ वटा उपसमिति निर्माण गरेर काम थालेको हो । वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, १७ गते मूल कार्यक्रम २५६२औँ बुद्धजन्यती तथा लुम्बिनी दिवस मनाइने छ । 
 
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीन, भारत, जापान, फ्रान्स, पोल्याण्ड, मलेसिया, जर्मनी, श्रीलंकालगायत १५ राष्ट्रका प्रतिनिधि पर्यवेक्षकले कार्यपत्र प्रस्तुत गर्नाका साथै सम्मेलनमा ४५० जनाले प्रत्यक्ष भाग लिनेछन् । 
 
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २५६२ बुद्धजयन्ती तथा लुम्बिनी दिवस वैशाख १५ गते उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो । सो कार्यक्रममा देश विदेशबाट गरी डेढलाख भिक्षु भिक्षुणीको सहभागिता रहनेछ । 
 
त्यसका लागि करीब तीन हजारजना अट्ने गरी कार्यक्रमस्थल निर्माण भइरहेको छ । चैत ५ गतेदेखि रु तीन करोड ९७ लाखको लागतमा अस्थायी सम्मेलन हल निर्माण थालिएको हो । सभाहलको ३५ प्रतिशत काम सकिएको लुम्बिनी विकास कोषका योजना प्रमुख निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award