देश

वैशाखदेखि रारामा फ्रि वाइफाई वैशाखदेखि रारामा फ्रि वाइफाई
सुर्खेत, २२ चैत,रासस
कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । 
 
रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । 
 
सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो । 
 
पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पु¥याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिनुभयो । 
 
रारा कर्णाली पर्यटन वर्ष—२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उहाँले वताउनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award