देश

रु एक करोड १७ लाखमा ग्रामीण सडक रु एक करोड १७ लाखमा ग्रामीण सडक
रामपुर, पाल्पा, २२ चैत, रासस
जिल्लाकै दुर्गम र विकट रहेको निस्दी गाउँपालिकाको हात्ती भन्ज्याङ—लिन्दी मोटरबाटो निर्माण कार्य सकिएको छ । पूर्वी पाल्पाकै चासोको विषय बनेको यस सडक निर्माण कार्य सकिएपछि यहाँका स्थानीयवासीमा खुशी छाएको छ । 
 
निस्दी गाउँपालिकाको रु ५५ लाख, निर्वाचन क्षेत्र विकास कोषको रु ४२ लाख, साविक जिल्ला विकास समितिको रु पाँच लाख, स्थानीयवासीको जनश्रमदानबाट रु १५ लाख गरी कूल रु एक करोड १७ लाखको लागतमा मोटरबाटो निर्माण कार्य सकिएको बाटो उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताउनुभयो । 
 
विसं २०७२ देखि काम शुरु गरेर हाल नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम सकिएपछि यातायातका साधन नियमित सञ्चालन हुन थालेको अध्यक्ष रानाले बताउनुभयो । रामपुर बजारदेखि गाउँसम्म नियमित सडक सञ्चालन गर्न यहाँका करीब ३०० स्थानीयवासीले जनश्रमदान गरेका छन् । 
 
सहलकोट, मित्याल, झिरुवास हँुदै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि यहाँका स्थानीयवासीलाई तराई क्षेत्रसम्म आवतजावत गर्न सजिलो भएको छ । यसरी सिधै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि छोटो दूरीमा गन्तव्यसम्म पुग्न पाइने भएपछि यहाँका स्थानीयवासी निकै हर्षित भएको प्रेम बाकाबलले बताउनुभयो । 
 
सधैँ कनिका छरेजस्तो सानो बजेटले सडक निर्माणमा गति लिन सकेको थिएन । यहाँका स्थानीयवासीले सडकमा ठूलो रकम बजेट परेपछि भने सडक निर्माण हुनेमा ठूलो विश्वास गरेको बाकाबलले बताउनुभयो । 
 
रामपुर बजारदेखि गाउँसम्म सिधै सडक नियमित सञ्चालन नहुँदा गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, गेडागुडी बजारसम्म बिक्रीका लागि पु¥याउन पहिला निकै कठिन भएको अगुवा कृषक यामबहादुर मश्राङ्गी बताउनुहुन्छ । “अहिले स्थानीयवासीको अथक प्रयास र जनश्रमदानबाट सडक निर्माण भएपछि कृषिजन्य सामग्री बजारसम्म लैजान सजिलो भएको छ”, उहाँले भन्नुभयो । 
 
सडककै कारण एक घण्टामा पुगिने रामपुर बजारमा उहाँले गतवर्ष यहाँ उत्पादन भएका कृषिजन्य सामग्री मित्याल—गल्धा हुँदै तीन घण्टाको समय खर्चेर तेब्बर भाडा तिरेर बजार पु¥याउन बाध्य रहेको गुनासो गर्नुभयो । अहिले भने सिधै छोटो समयमा कम ढुवानीमा बजारसम्म सामान लैजान सजिलो हुनेभएपछि यहाँका कृषकले कृषि उत्पादन बढाउँदै गएका छन् । 
 
कृषि उत्पादनले प्रख्यात बनेको सहलकोट क्षेत्र वर्षेनी सडककै समस्याले निकै चर्चामा आउने गरेको छ । गाउँमा सडक नपुगेकै कारण यहाँबाट बसाइँ सराइ गर्ने दर पनि बढ्दो छ । सडकले गाउँसम्म जोडेपछि बसाइँ सराइ दरमा कमी आउने विश्वास गरिएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award