देश

कार्यकारी निर्देशक लामाको राजीनामा
काठमाडौँ, २२ चैत, रासस
बौद्धनाथ क्षेत्र विकास समितिमा आन्तरिक द्वन्द्व बढेपछि कार्यकारी निर्देशक कुयाङ छुयाङ दोर्जे लामाले राजीनामा दिनुभएको छ । 
 
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक लामाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने विषयमा विवाद, पर्यटकबाट उठाइने शुल्कलाई पारदर्शी बनाउन उनीहरुको तस्वीरसहितको परिचयपत्र निर्माण गर्नेलगायत विषयमा विवाद चल्दै आएकाले राजीनामा दिएको जानकारी गराउनुभयो । 
 
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट गत भदौ १२ गते नियुक्त हुनुभएका कार्यकारी निर्देशक लामाले उक्त क्षेत्रको विकासका लागि विभिन्न शीर्षकमा विनियोजित बजेट उपयोग गर्ने विषयमा आन्तरिक पदाधिकारी तथा सदस्यको विवाद तथा अनावश्यक दबाबका कारणले आफ्नो पदबाट यही चैत १० गतेदेखि लागू हुने गरी मन्त्रीको सचिवालयमा राजीनामा दिएको जनाइएको छ । 
 
विश्व सम्पदामा सूचीकृत बौद्धनाथ क्षेत्रको पूर्वाधार विकास तथा संरक्षणका लागि मन्त्रालयले अध्यक्ष, कार्यकारी निर्देशक र पाँच सदस्यीय समिति गठन गर्ने गरेको छ । सरकारले त्यहाँ भइरहेको अनियमिततालाई अविलम्ब छानविन गर्न माग गर्दै लामाले आफूले त्यस क्षेत्रको विकासका लागि पदबाट बाहिर रहेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award