- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सबैभन्दा कम उचाइमा चौँरी पाल्न सफल सुरेश थकाली
नवीन लामिछाने, मनाङ, २२ चैत, रासस
जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा चौँरीपालन शुरु गरिएको छ ।
अक्सर गरेर चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पालेको मनाङ नासोङ–४ ओडारगाउँका चौँरीपालक सुरेश थकालीले बताउनुभयो । बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उहाँको भनाइ छ ।
विगत १० वर्षदेखि चौँरी पालन शुरु गरे पनि निकै कठिनाइका बाबजुद हाल आफू सफल भएको थकालीको भनाइ छ । हिमालको काखमा बस्ने चौँरी आफ्नै पाखापखेरामा पालेर आफ्नै हातले बनाएको दाना खुवाउनुहुन्छ, सुरेस थकाली । प्रायः गरेर चार हजार मिटरभन्दा माथि रहने चौँरी दुई हजार मिटरमा राख्दा सहज त हुँदैन नै तर पनि आफूले जोखिम मोलेर भए पनि एउटा परीक्षण गरेको र सफल भएको उहाँको भनाइ छ । शुरु शुरुमा त बढी गर्मीका कारण चौँरी बिरामी परे, कति त मरे पनि तर हरेश खाइनँ । उहाँ भन्नुहुन्छ, “मानिसले हरेश खानु हुन्न, कामले काम सिकाउँछ ।”
मैले शुरुमा रु १५ लाखमा १५ वटा चौँरीबाट पालन शुरु गरेको हो । त्यतिखेर १० वटा मरे, जसले हतोत्साहित पनि भएँ, तर मनमा आँट र विश्वासका साथ लागिरहेँ जसले अहिले सफल भएको छु । कक्षा १२ सम्म पढ्नुभएका थकाली अहिले ३४ वर्षका हुनुभयो । गरीब परिवारमा जन्मनुभएका थकालीले त्यसभन्दा माथि पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नपाएको गुनासो सुनाउनुभयो ।
बिहान उठेदेखि चौँरीलाई दाना बनाउने र गोठमा जाने चौँरीलाई दाना खुवाउने उहाँको दैनिकी बनेको छ । उहाँ भन्नुहुन्छ अहिले आफूसँगका युवा विदेशिएको अवस्थामा आफू गाउँमै बसेर केही उदाहरणीय काम गर्ने सोचले यो पेशा अँगालेको बताउनुहुन्छ ।
बाबु आमाले आफूलाई होटल व्यवसाय गर्न प्रोत्साहन गरेर केही समय त्यतातिर लागेपनि आफ्नो इच्छा पशुपालनमा भएकाले होटल व्यवसाय छोडेर चौँरीपालनमा लागेको उहाँ बताउनुहुन्छ । हिमालको काखमा रमाउने चौँरीलाई आफ्नै पाखा पखेरामा ल्याउने उहाँ एक सफल र उदाहरणीय व्यक्ति हुनुहुन्छ । नेपालमा कम उचाइमा चौँरी पाल्ने एकमात्र व्यवसायी सुरेश थकाली आफनो व्यवसायमा सफल हुनुभएको छ ।
हाल उहाँसँग ६५ वटा चौँरी छन् । उहाँ चौँरीको दूधबाट नौनी, छुर्पी, चिज, बनाउनाका साथै चौँरीको ऊन कातेर फेर्पा, राडीपाखी, नाम्लो, पेटीजस्ता सामग्री निर्माण गर्नुहुन्छ । चौँरीका पुच्छर नेवारी समुदायलगायत अन्यले पनि धार्मिक कामका लागि प्रयोग गर्छन् । यस्ता सामग्री बिक्री वितरण गरी सम्पूर्ण खर्च कटाएर वर्षको रु पाँच, छ लाख आयआर्जन गर्ने गरेको उहाँको भनाइ छ ।
जलवायु परिवर्तनले हिमाली भेगमा बेमौसममा हिउँ पर्ने र चरीचरनको अभाव हुने भएकाले कम उचाइमा चौँरीलाई बानी लगाउन आफूले २,००० मिटर उचाइमा पालेको उहाँले बताउनुभयो । अहिले उहाँलगायत ओडारगाउँका अन्य चौँरीपालक किसानले उहाँको देखासिकी गर्न थालेका छन् ।
कसैले मासुका लागि मात्र पालेका छन् भने कसैले व्यावसायिक रुपमा पनि पाल्न थालेका छन् । ओडारगाउँमा हाल ३०० को हाराहारीमा चौँरी पालिएको जिल्ला कृषि कार्यालय, मनाङले जानकारी दिएको छ ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





