- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सिन्धुलीका दर्जनौँ स्थानमा खानेपानीको समस्या
नवीनबाबु अधिकारी, सिन्धुली, २२ चैत, रासस
सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो ।
वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा बताउँछन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि खोला तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको उनीहरुको भनाइ छ ।
सुगम मानिने कमलामाई नगरपालिका–४ रायडीमै पिउने पानीको समस्या भएको छ । वर्षांैदेखि उपभोग गर्दै आएको पानीको मुहान एकाएक सुकेपछि अहिले ग्वाङ खोला तथा खहरे खोलाको बगर खोस्रेर पानी पिउन बाध्य भएको स्थानीयवासी कैलाश विसंखेले बताउनुभयो । खानेपानीको मुहानमा पानी नै नभएपछि नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने र आफूले पानी खाने मुहान एकै भएको उहाँको भनाइ छ ।
यस्तै, हरिहरपुरगढी गाउँपालिका हाक्पारा निवासी ७० वर्षीया रेउतीमया लुङ्गेलीमगरले पनि पिउने पानीको समस्या भएको बताउनुभयो । मरिण खोलामा कुवा खनेर पानी खाँदै आएको उहाँको भनाइ छ । घर वरपरका पानीका मुहान तथा कुवा सुकेपछि खोलाको पानी पिउन बाध्य भएको उहाँको भनाइ छ ।
गाउँमा बिजुली नहुँदा दिनहुँ खोलाको पानी बुढेसकालमा बोकेर खान धेरै समस्या भएको उहाँको दुखेसो छ । बिजुली भए खोलाको पानी मोटरले तानेर खान पाइने आशा भए पनि सरकारले बिजुली नदिएको उहाँले बताउनुभयो । बिजुली भए बुढेसकालको पानी तान्ने सहारा हुने थियो उहाँले भन्नुभयो । खाने पानीको राम्रो व्यवस्था गरिदिन सरकारसँग उहाँको माग रहेको छ । आफूसँगै दर्जनाँै घरपरिवार अहिले खोलाको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।
यस्तै, हरिहरपुरगढी गाउँपालिका–५ हातिदमानकी अस्मिता मोक्तानको पनि पानीको समस्याको दुखेसो छ । धारामा पानी महिनाँैदेखि आउन छाडेकाले नजिकका खोलाबाट पानी ल्याई खाने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नजिकै पानी छैन खोलाबाट ल्याएर बस्तुलाई खुवाउन सकिँदैन, आफैँले ल्याउने पानीको मुहानबाट बस्तुलाई खुवायो अनि आफूले पनि ल्यायो ।” वर्षौंदेखि पानीको समस्या भए पनि खोलाको पानी खानु पर्ने बाध्यता कहिल्यै नटरेको उहाँको दुखेसो छ ।
यससँगसँगै जिल्लाका तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोशी, मरिण तथा अन्य स्थानीय तहका धेरै बस्तीमा खानेपानीको समस्या भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले धेरैजसो पानीका मुहान सुकाएको र अहिले रहेका नयाँ मुहान पनि लामो खडेरीका कारण सुकेपछि पिउने पानीकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।
पानीलाई शुद्धीकरण गरेर नखाए विभिन्न रोगको महामारी फैलने भए पनि हालसम्म त्यस्ता सचेतनामूलक कार्यक्रम नभएको स्थानीयवासी बताउँछन् । पानीको समस्या रहेका स्थानमा सम्बन्धित निकायले नागरिकलाई पानीको व्यवस्थापन वा पानी शुद्धीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु आवश्यक छ ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





