देश

अव्यवस्थित घरटहरा भत्काइए अव्यवस्थित घरटहरा भत्काइए
तेह्रथुम, २१ चैत, रासस
गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् । 
 
बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाउनुभएको छ । 
 
यस्तै ध्रुव खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल, पञ्चबहादुर लिम्बू र बलबहादुर तामाङले पनि सडक फराकिलो बनाउन सहयोग गर्दै बार्दली, बरण्डा र निर्माण भएका अन्य टहरा भत्काउनु भएको छ ।
 
गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडक सात मिटरका बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सूचित गरेको थियो । सडक फराकिलो बनाउन बजारवासीले गाउँपालिकाको निर्णयको समर्थन गर्दै आफैँ आफूले बनाएका घरटहरा भत्काएका हुन् । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award