देश

डिएनए परीक्षणको शुरुआतसँगै जनावरसम्बन्धी मुद्दा बढे डिएनए परीक्षणको शुरुआतसँगै जनावरसम्बन्धी मुद्दा बढे
ललितपुर, २१ चैत,रासस
जनावरको डिएनए परीक्षण शुरु भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जनावरको विभिन्न भागको परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ । 
 
डिएनए परीक्षण शुरु भएयता मात्रै झण्डै ५० वटा जनावरसम्बन्धी घटना अनुसन्धानका लागि आएको प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झाले बताउनुभयो । तीमध्ये वन्यजन्तुको ११ र गाईको चार गरेर १५ वटा मुद्दा डिएनए परीक्षणबाट अनुसन्धान गरिएको छ ।
 
अरू मुद्दामा भने अरू विधिबाट अनुसन्धान भइरहेको छ । प्रयोगशालामा पहिलेबाटै विभिन्न विधिबाट अनुसन्धान हुने गरेको छ । अरू प्रविधिबाट समाधान नभएका मुद्दाका लागि मात्रै डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले जुनसुकै विधिबाट भए पनि समाधान हुन्छ भन्ने सोचेर होला मुद्दा आउन बढेको छ ।” 
 
जिल्लास्थित वन कार्यालय, वन विभाग, निकुञ्ज लगायतका स्थानबाट वन्यजन्तुसम्बन्धी मुद्दा आउने गरेका छन् । पहिले यहाँ उपलब्ध प्रविधिबाट नतिजा नआएपछि मुद्दा फिर्ता जान्थे । अहिले कुनै पनि मुद्दा फिर्ता पठाउनुपर्ने अवस्था छैन । उहाँ भन्नुहुन्छ, “अहिले जनावरसम्बन्धी अपराधका मुद्दा छिन्न र सत्य–तथ्य पत्ता लगाउन सजिलो भएको छ ।” 
 
जनावरको स्वरुप परिवर्तन गरेर हुने चोरी वा एउटा जनावर भनेर अर्को जनावरको मासु बिक्री–वितरण लगायतका मुद्दा प्रयोगशालामा परीक्षणका लागि आउने गरेका छन् । मानव र जनावरको डिएनए परीक्षण एउटै उपकरणबाट हुने भएपनि सीप नहुँदा हुन सकेको थिएन । यहाँका वैज्ञानिकले सिकेर यही वर्षदेखि जनावरको डिएनए परीक्षण शुरु गरेका हुन् । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award