- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
गुरुयोजना बनाउँदै बेनी नगरपालिका
बाबियाचौर, म्याग्दी, २१ चैत, रासस
बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।
परामर्शदाता छनोट गरेर गुरुयोजना निर्माणको तयारी गरिएको नगर कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका ८ नं वडाका अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन २८ गते स्थगित भएको नगरसभा चैत २३ गते बस्ने भएको छ । नगरसभाले आर्थिक र शिक्षा ऐन साथै प्रशासनिक र न्यायिक समितिको कार्यविधि पारित गर्ने प्रवक्ता बराइलीले जानकारी दिनुभयो । यसअघि आठवटा नियमावली तयार पारिसकेको कार्यपालिकामा चार वटा नियमावली छलफलका लागि पेश भएका छन् ।
प्रवक्ता बराइलीले रामायण पार्क, बेनी पात्लेखेत सडक कालोपत्र, खुल्ला मञ्च विस्तार, कालीपुल बसपार्क लगायतका योजनालाई नगरका गौरवका योजनाका रुपमा अघि बढाइने बताउनुभयो । आँपरुख, गुफाको डिल र पौलत्स्यलाई समेटेर रामायण पार्क योजनाका लागि डिपिआर तयार पार्न अध्ययन भइरहेको बताउनुभयो । पार्क बनाउन र रामको मूर्ति राख्न यस वर्ष ५० लाख विनियोजन भएको छ । प्रवक्ता बराइलीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नगरपालिकाले बजेट विनियोजन गरेका ८८ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ३ भकिम्लीले ९० प्रतिशत र अन्य वडाले ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ । रु ३७ करोड ७८ लाख ८६ हजार कूल बजेटमध्ये सःशर्त अनुदानतर्फ रु १७ करोड ८० लाख ८६ हजार विनियोजन भएकामा रु १३ करोड दुई हजार ७८० खर्च भएको छ । समानीकरणको चालुतर्फ चार करोड ५० लाख विनियोजन भएकामा एक करोड ३२ लाख १४ हजार ६४ र पूँजीगततर्फ १४ करोड ८१ लाख ११ हजार विनियोजन भएकामा रु तीन करोड २७ लाख खर्च भएको छ ।
रु एक करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य रहेकामा रु ६६ लाख उठिसकेको प्रवत्ता बराइलीले बताउनुभयो । कूल ३७१ वटा योजना तथा कार्यक्रममध्ये पूर्वाधार तर्फका २५० वटा योजनाका लागि बजेट विनियोजन भएको छ । अहिलेसम्म २३२ योजनाको सर्वेक्षण, २२५ लगत इस्टिमेट तयार र २२६ वटा सम्झौता भएका छन् । ठेक्कामार्फत सञ्चालन हुने तीन वटा योजनाको सम्झौता भइसकेको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग समन्वय गरेर कालीपुल बसपार्कलाई व्यवस्थित गर्न लागिएको बराइलीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी पुलदेखि कालीपुल बसपार्क हँुदै वेष्ट पोइन्ट तलको सडक दुई लेनको कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ । क्याम्पसचोक र मंगलाघाटमा बाढी तथा पहिरो नियन्त्रणका लागि रु १२ लाख ५० हजार दरका दुई वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





